साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजीको जय:

खैरा काला फेरिएर आए सेता मुसा उमारेर नर्सरीमा विध्वंसका टुसा जात, धर्म स्वर्ग, नर्क देखाएर भय आमजन दास ठान्ने नेताजीको जय !!

Nepal Telecom ad

रामदेव पाण्डे :

भ्रष्टाचारकाे मेडिटेसन लिने नेता ध्यानी
छलछामकाे ज्ञान राख्छन् कति धेरै ज्ञानी
कामचोरी छलछाम पवित्र छ धन्दा
काे हाेला र यति चोखो हाम्रा नेता भन्दा ?

आफन्त र नातेदारको राख्ने खुबै ख्याल
यति समद्रष्टा कहाँ हुन्छन् होला स्याल ?
बोल्यो भने पाप लाग्छ यिनी सत्य साँचो
यस्ताकाे नै हुन्छ देशमा सधैँ भरि खाँचो

बुझेका छन् राम्रैसँग राजनीतिकाे मर्म
देश जनलाई लुट्नु यिनको कुल धर्म
औधी गर्ने पद पैसा प्रतिष्ठालाई माया
फुत्त यता फुत्त उता जस्तै घाम छायाँ

खैरा काला फेरिएर आए सेता मुसा
उमारेर नर्सरीमा विध्वंसका टुसा
जात, धर्म स्वर्ग, नर्क देखाएर भय
आमजन दास ठान्ने नेताजीको जय !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x