साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजीको जय:

खैरा काला फेरिएर आए सेता मुसा उमारेर नर्सरीमा विध्वंसका टुसा जात, धर्म स्वर्ग, नर्क देखाएर भय आमजन दास ठान्ने नेताजीको जय !!

Nepal Telecom ad

रामदेव पाण्डे :

भ्रष्टाचारकाे मेडिटेसन लिने नेता ध्यानी
छलछामकाे ज्ञान राख्छन् कति धेरै ज्ञानी
कामचोरी छलछाम पवित्र छ धन्दा
काे हाेला र यति चोखो हाम्रा नेता भन्दा ?

आफन्त र नातेदारको राख्ने खुबै ख्याल
यति समद्रष्टा कहाँ हुन्छन् होला स्याल ?
बोल्यो भने पाप लाग्छ यिनी सत्य साँचो
यस्ताकाे नै हुन्छ देशमा सधैँ भरि खाँचो

बुझेका छन् राम्रैसँग राजनीतिकाे मर्म
देश जनलाई लुट्नु यिनको कुल धर्म
औधी गर्ने पद पैसा प्रतिष्ठालाई माया
फुत्त यता फुत्त उता जस्तै घाम छायाँ

खैरा काला फेरिएर आए सेता मुसा
उमारेर नर्सरीमा विध्वंसका टुसा
जात, धर्म स्वर्ग, नर्क देखाएर भय
आमजन दास ठान्ने नेताजीको जय !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x