साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रयोगशाला

पाखा लगाई सब राष्ट्रघाती जुटे युवा उठ्दछ देश माथि । तोडौँ भिरी हुन्न सदैव ताला नहोस् भनी देश प्रयोगशाला ।।

Nepal Telecom ad

उत्तम विचार :

फेर्‍रौँ व्यवस्था छ उही अवस्था
नारा लगाएर हुँदैन सस्ता ।
जसोतसो प्राण त धानिँदै छ
प्रयोगशाला किन ठानिँदै छ ।।१।

खन्ने यहीँछन् अनि पुर्छ कोही
ठानी सिनो देश भर्कुछ कोही ।
निको विदेशी पनि छैन चाला
नेपाल बन्दै छ प्रयोगशाला ।।२।

झोसेर आगो घरको खरानी
बेच्नेहर हुन् अति बेइमानी ।
मात्रै छ बाँकी अब हाडछाला
बनाइयो देश प्रयोगशाला ।।३।

के हुन्छ साकार सिकार मानी
खाए मिली देश दुख्यो नठानी ।
ताकेर घोचीकन तीक्ष्ण भाला
नहोस् कठै देश प्रयोगशाला ।।४।

बेचेर उद्योग मिलेर खाए
मागेर खाने सुबिधा दिलाए ।
निभे दियो व्यर्थछ बाल्नु पाला
बन्दै छ यो देश प्रयोगशाला ।।५।

आयात ज्यादा गरिँदै छ वस्तु
निर्यातको शून्य हुँदै छ अस्तु ।
मासेर अस्तित्व रहन्न शेष
प्रयोगशाला नबनोस् स्वदेश ।।६।

पाखा लगाई सब राष्ट्रघाती
जुटे युवा उठ्दछ देश माथि ।
तोडौँ भिरी हुन्न सदैव ताला
नहोस् भनी देश प्रयोगशाला ।।७।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
uttam Bichar
uttam Bichar
8 months ago

देश प्रयोगशाला नहोस् – जय फित्कौली ।।।।

Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x