साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीचप्पलजुत्ताहरु

तर उसले पोडियम छोडेन र विना माइक करायो,"पदको दुरुपयोग गर्ने सबै लाई चेतना नभएपनि साहित्यकारहरुका यो जुत्ता चप्पलहरुलाइ चेत र लाज हुनु पर्ने थियो नि !

Nepal Telecom ad

पीपी कोइराला :

मौनप्रसाद आफ्नो पालोमा रचना वाचन गर्न थाल्दै मात्र थियो कि एउटा चप्पल उसको टाउकोमै बज्रियो।
उसले भन्दै गयो,”औंलो देखाएपछि रिसले यो चप्पल ममाथि बज्रियो।तपाइँहरुलाई थाहा छ यसको मूल्य कति लाख हो ?”

समारोहका सबै दङ्गदास भए र कानेखुशी गर्न थाले- ” कहिल्यै नबोल्ने पनि आज कति चर्किएको ?”
खपिनसक्नु भएपछि उद्घोषकले उसको कठालो समातेर माइक खोस्यो।

तर उसले पोडियम छोडेन र विना माइक करायो,”पदको दुरुपयोग गर्ने सबै लाई चेतना नभएपनि साहित्यकारहरुका यो जुत्ता चप्पलहरुलाइ चेत र लाज हुनु पर्ने थियो नि ! किनकी उनीहरु त चेतना प्रसारण केन्द्रका खुट्टामा सुहाउने हुनुपर्ने होइन र ?”

“लम्पसार परेर ज्यु , हजुर, माननीय, सम्माननीय, अधिपति, सर्वश्री, के के हो के के कुनै पनि जुत्ता र चप्पललाई अलङ्कार लाउन जरुरी छैन। समानता,विश्वकल्याण र प्रगतिको निम्ति साहित्यकारले कलम चलाउने हो र नामको अघि एक श्री दिए पुग्छ त्यहि श्री त्यो जुत्ताको लागि पनि भयो त्यो चप्पलको लागि पनि ।”

“तेरो यो के विधाको रचना हो साले !भाषण दिने भए नेतागिरी गर” भन्दै धेरै जुत्ता र चप्पलहरु उफ्रिएर आई फेरि उसको टाउकोमा बजारिए ।

०००
बालकाेट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
अमरत्वको भीर

अमरत्वको भीर

पी पी काेइराला
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x