साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अजम्बरी म छु भन्थ्याै

शब्दरूपी पुष्प गुच्छा श्रद्धाञ्जली व्यक्त गर्छु वीरगति प्राप्त गर्ने याेद्भालाई श्रद्धा गर्छु । बुद्ध भूमि नेपालमा रक्तपात नहाेस् अब । शान्तिप्रिय नेपाली हाे शान्तिदीप बालाैं सब ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

ढल्दाे रैछ सत्ता पनि निरङ्कुश बनेपछि
खाल्टाेभित्र पुग्याै आफै आफूले नै खनेपछि ।

अबाेध ती बालकको हत्या गर्ने हातहरू
कस्ताे लाग्याे चाख्याै कि त जनताका लातहरू ।

दम्भ खुबै थियाे हिजाे अजम्बरी म छु भन्थ्याै
रगतकाे आहालमा ढुकुटीकाे धन गन्थ्याै ।

अति भए खति हुन्छ भन्थे हाम्रा बुढापाका
अत्याचारी आततायी भयाै कि त लाखापाखा ?

तिम्रै कारण् आगाे बल्याे विनास भाे देशैभर
छिन्न भिन्न भयाे सत्ता टिकेन त्याे रत्तिभर ।

भष्ट्राचार गरी गरी कमाएकाे कालाे धन
खरानीकाे थुप्राेसरि हुँदा कस्ताे भयाे मन ?

धुरीबाट कराएकाे पाप भयाे छताछुल्ल
नसाेचेकाे घटानाले पार्याे आज रनभुल्ल ।

चाटुकार झाेले चम्चे बफादार कार्यकर्ता
दुलाभित्र कहाँ पसे तिमीलाई आज पर्दा ?

भदाै तेईस् कालाे दिन दाेहाेरिनु हुन्न अब
चाैबीसकाे भयावह इतिहास बुझाैं सब ।

दिवंगत दिव्य आत्मा वैकुण्ठमा बास पाऊन्
घाेर पापी नराधम कुम्भीपाक परी जाऊन् ।

शब्दरूपी पुष्प गुच्छा श्रद्धाञ्जली व्यक्त गर्छु
वीरगति प्राप्त गर्ने याेद्भालाई श्रद्धा गर्छु ।

बुद्ध भूमि नेपालमा रक्तपात नहाेस् अब ।
शान्तिप्रिय नेपाली हाे शान्तिदीप बालाैं सब ।

आक्राेशले देशै जल्याे जल्नु हुन्न अब केही
सबै सामु हात जाेडी अनुरोध गर्छु यहीँ ।

०००
२०८२ भाद्र २४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x