पी पी काेइरालाएक महाराज
दार्शनिक त निन्द्राबाट झसङ्ग हुँदै पो ब्युँझिएछ। अनि सोचेछ, "ए ! त्यसैकारण पो राजा आफ्नो इलाकाको मात्र हुन्छ पुरै देशको हुन त महाराजै हुनु पर्ने रहेछ।"
पीपी कोइराला :
“महाराज महारानी किन भन्नु ?”
“राजा र रानी भन्नु नै ठूलो कुरा हैन र ?”
“भाटहरु !”
“चाप्लुसीदारहरु ! ”
“मख्ख पारेर स्वार्थ पुरा गर्ने दलालहरु !”
“शेरलाई शेर नभनेर महासेर भन्दा रहेछन् ! कत्ति न जान्ने भका !”
एउटा दार्शनिक यसरी गुनगुनाउँदै गुनगुनाउँदै गाउँ कटेछ र जंगलको विचमा पुगेछ।
उसलाई खाउँला भनेर पछिपछि आएको एउटा सिंहले पनि आफ्नो इलाका नाघेछ।
सामुन्नेमा भयङ्कर डरलाग्दी सिंहिनी गर्जिदै दार्शनिकलाई झम्टिन आँटीछ।
हतार-हतार दार्शनिकले पनि सिंहिनीलाई आफ्नो मनमा खेलेका सबै प्रश्न राखिदिएछ।
अनि उसले भनिछ, “जंगलमा धेरै सेरहरु भए पनि अर्काको इलाकामा आइपुग्दा मुसा जस्ता हुन्छन्। लु पछाडि हेर् त।
तँलाइ खानै लागेको त्यो सिंह मेरो डरले मुसो जस्तै भएको छ।”
दार्शनिक त निन्द्राबाट झसङ्ग हुँदै पो ब्युँझिएछ।
अनि सोचेछ, “ए ! त्यसैकारण पो राजा आफ्नो इलाकाको मात्र हुन्छ पुरै देशको हुन त महाराजै हुनु पर्ने रहेछ।”
०००
धरान १३, हाल बालकोट
Subscribe
Login
0 Comments
Oldest






































