साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक महाराज

दार्शनिक त निन्द्राबाट झसङ्ग हुँदै पो ब्युँझिएछ। अनि सोचेछ, "ए ! त्यसैकारण पो राजा आफ्नो इलाकाको मात्र हुन्छ पुरै देशको हुन त महाराजै हुनु पर्ने रहेछ।"

Nepal Telecom ad

पीपी कोइराला :

“महाराज महारानी किन भन्नु ?”
“राजा र रानी भन्नु नै ठूलो कुरा हैन र ?”
“भाटहरु !”
“चाप्लुसीदारहरु ! ”
“मख्ख पारेर स्वार्थ पुरा गर्ने दलालहरु !”
“शेरलाई शेर नभनेर महासेर भन्दा रहेछन् ! कत्ति न जान्ने भका !”

एउटा दार्शनिक यसरी गुनगुनाउँदै गुनगुनाउँदै गाउँ कटेछ र जंगलको विचमा पुगेछ।
उसलाई खाउँला भनेर पछिपछि आएको एउटा सिंहले पनि आफ्नो इलाका नाघेछ।

सामुन्नेमा भयङ्कर डरलाग्दी सिंहिनी गर्जिदै दार्शनिकलाई झम्टिन आँटीछ।

हतार-हतार दार्शनिकले पनि सिंहिनीलाई आफ्नो मनमा खेलेका सबै प्रश्न राखिदिएछ।

अनि उसले भनिछ, “जंगलमा धेरै सेरहरु भए पनि अर्काको इलाकामा आइपुग्दा मुसा जस्ता हुन्छन्। लु पछाडि हेर् त।
तँलाइ खानै लागेको त्यो सिंह मेरो डरले मुसो जस्तै भएको छ।”

दार्शनिक त निन्द्राबाट झसङ्ग हुँदै पो ब्युँझिएछ।
अनि सोचेछ, “ए ! त्यसैकारण पो राजा आफ्नो इलाकाको मात्र हुन्छ पुरै देशको हुन त महाराजै हुनु पर्ने रहेछ।”

०००
धरान १३, हाल बालकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
अमरत्वको भीर

अमरत्वको भीर

पी पी काेइराला
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x