साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फूलको उत्सव

मलाई राम्रोसँग थाहा थियो सूर्य घडामा छैन भन्ने सत्य तर पनि म पूर्ण सूर्यको प्राप्तिमा शान्त थिएँ मेरो शान्तिमा ऊ किन अशान्त थियो ?

Nepal Telecom ad

अनिता कोइराला :

हुन त
एउटै विश्वविद्यालयबाट
दीक्षित भएका सहयात्री हौँ हामी

ऊ फूलको ठूलो व्यापारी बन्यो
छानी-छानी फूललाई
सुन्दर आकृतिमा ढाल्न माहिर बन्यो
नाम कमायो, प्रतिष्ठा कमायो
माटोमै हुर्किएका फूललाई सजाएर
महङ्गो मूल्यमा बेच्दै गयो

म माली बनेर
अनेकौं फूल रोप्दै गएँ, हुर्काउँदै गएँ
आफ्नै फूलबारीमा
मिहिनेतको पानी पटाउँदै गएँ

शहरमा फूलको भव्य उत्सव चल्दैथियो
फूलका सुन्दर गुच्छा बौद्धिक जमातलाई
उपहार दिँदै थियो।

मैले पनि मेरै बगैंचाको
उत्तम फूल लिएर गएकी थिएँ
दङ्ग थिएँ
मैले हुर्काएको फूल पनि
त्यही गुच्छाको कुनामा सजिएको थियो ।

आफ्नै फूलको सुगन्धमा
सौभाग्यशाली बनेकी म
आफ्नै फूलको सौन्दर्यमा
कुबेर बनेर हाँसेकी थिएँ
आफ्नै फूलको
अस्तित्वमा पुलकित थिएँ
म आफ्नै धरातलमा
उभिएर आनन्दी थिएँ

मेरो खुशीमा
मसँगै खुशी हुन गएका थिए
मेरा कर्मठ हातहरू

मेरो उमङ्गमा
मसँगै उमङ्गित हुन
गएका थिए मेरा सपनाहरू

मेरो आनन्दमा
मसँगै आनन्दित हुन गएका थिए
मेरा छायाहरू

पर बसेर ऊ
नियाल्दै थियो मेरो छायालाई
मैले झुलुक्क देखें
उसले पुलुक्क हेर्यो हेयको दृष्टिले

उसले आफ्नै विवेकले
मलाई मूल्याङ्कन गर्यो

मेरो अप्रतिम खुशीलाई
उसले लालच सम्झियो
विजयको उन्माद सम्झियो
र उपहासमा अट्टाहास गर्यो

चुपचाप सुनिरहेँ
कुबेरको आसनमा बसेर
सामान्य शिष्टाचार पनि भुलेको बिद्वानलाई

उसले बिर्सियो
गुरुले प्रत्यक्ष देखाएको लीला

सूर्य त गगनमा एउटै थियो
जमिनमा पानीसहितका घडा अनेक
पूर्णसूर्य प्रतिबिम्वित थियो हरेक घडामा
म मेरो घडाको सिङ्गो सूर्यमै विजयी थिएँ

उसले ठान्यो
आकाशकै सूर्य उठाउन आएकी हो।

मलाई राम्रोसँग थाहा थियो
सूर्य घडामा छैन भन्ने सत्य
तर पनि म पूर्ण सूर्यको प्राप्तिमा शान्त थिएँ
मेरो शान्तिमा ऊ किन अशान्त थियो ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
प्रेमाशक्त

प्रेमाशक्त

अनिता काेइराला
ढुङ्गा बनेको मान्छे !

ढुङ्गा बनेको मान्छे !

अनिता काेइराला
भ्रमको पुलिन्दा

भ्रमको पुलिन्दा

अनिता काेइराला
निर्ढुक्क थियो ऊ

निर्ढुक्क थियो ऊ

अनिता काेइराला
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x