साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रमको पुलिन्दा

बरा ! सोच्न बाध्य हुन्छ सबैभन्दा वाचाल म नै हूँ स्वयं सरस्वतीको अवतार म मलाई सुन्नु छैन अरूका कुरा अरूले कहाँ जानेका छन् र ! त्यसैले मैले मात्र सकेको बोल्नुपर्छ घोक्रो फुटाएर भए पनि सुनाउनैपर्छ ।

Nepal Telecom ad

अनिता कोइराला :

भ्रमको एउटा पुलिन्दा हो ऊ
विभ्रमको चस्मा लगाएर
मान्छेभन्दा माथि मतानमा
उक्लिएर तल हेरेपछि
विद्वानभन्दा बढी वक्ताको भेष
प्रिय लाग्छ उसलाई।

अभ्यस्त छ समयलाई कुल्चिन
र ठान्छ
बेकम्माहरूसँग समयको
अन्त्यहीन कुन्यु छ ।
गोरु नपाएर समय
पकाउँदै बसेकाहरूमाथि
मैले न्याय गर्नैपर्छ
ज्ञानको वलिष्ठ गोरु फुकालेर
यिनीहरूलाई दाइँ गर्नै पर्छ।

थाहै छैन उसलाई
रोस्ट्रममा उक्लिएको विद्वान
निमेष भरमा आतंककारी बनेको
बोल्नु पर्ने कुरा जम्मै बिर्सेर
बोल्नै नपर्ने कुरामा
बहकिँदै कुहिरोको काग बनेको ।

अनुशासनको हत्या गरेर
विवेकहीन बनेपछि
बरा ! सोच्न बाध्य हुन्छ
सबैभन्दा वाचाल म नै हूँ
स्वयं सरस्वतीको अवतार म
मलाई सुन्नु छैन अरूका कुरा
अरूले कहाँ जानेका छन् र !
त्यसैले मैले मात्र सकेको बोल्नुपर्छ
घोक्रो फुटाएर भए पनि सुनाउनैपर्छ

अनि ऊ गर्जिन्छ…
सुन्नलाई त मेरा
दुईवटा कान छ्न्
जहिले सुने पनि हुन्छ
तर मुख त मेरो एउटै छ ।
त्यसैले भ्याएसम्म आजै बोल्नुपर्छ
तपाईंहरूले जसरी पनि सुन्नैपर्छ ।
कान फाटे सिलाउनुपर्छ
सुन्दासुन्दै बेहोस भएर ढले
पानी छम्केर भए पनि उठाउनै पर्छ ।
सक्किएको छैन – महोदय
आँखा पिर्लिक्क भए पनि
आजै मेरो कुरा सुन्नै पर्छ !

०००
२०८२-८-१४
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेमाशक्त

प्रेमाशक्त

अनिता काेइराला
फूलको उत्सव

फूलको उत्सव

अनिता काेइराला
ढुङ्गा बनेको मान्छे !

ढुङ्गा बनेको मान्छे !

अनिता काेइराला
निर्ढुक्क थियो ऊ

निर्ढुक्क थियो ऊ

अनिता काेइराला
समयको ब्ल्याक होल !

समयको ब्ल्याक होल !

अनिता काेइराला
अब आउनै पर्छ जङ्गेको ‘फ्रेन्डरिक्वेस्ट’ !

अब आउनै पर्छ जङ्गेको...

अनिता काेइराला
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x