साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निर्ढुक्क थियो ऊ

निडर थियो महामारीको समाप्तिमा बिर्सिएको थियो ईश्वर भएर बसेको उसले चट्याङ आकाशबाट मात्र होइन जमिनबाट पनि उठ्छ भनेर।

Nepal Telecom ad

अनिता कोइराला :

अमूल्य सोमरसको थोपा थोपामा
निश्चिन्त थियो विजयको उन्मादमा
अनि निर्भीक भएर पिउँदै थियो
आफ्नै सन्तानको रगत
अमरता प्राप्तिको होडमा !!

अमरावतीको सानन्दमा
लट्ठिएका आँखाहरू
आकाशतिर फर्किन मात्र अभ्यस्त थिए
बिर्सिएका थिए झुक्न जमिनतिर
हावाको महलमा हराएर ऊ
अहंकारको हुँकार
गर्दै थियो आरोग्य प्राप्तिमा
स्थिर यौवनको उपलब्धिमा
ईश्वर बन्दै गरेको ऊ
ढुक्क थियो युद्धको समाप्तिमा …
आश्वास्त थियो भोकमरीको समाप्तिमा
निडर थियो महामारीको समाप्तिमा

बिर्सिएको थियो ईश्वर भएर बसेको उसले
चट्याङ आकाशबाट मात्र होइन
जमिनबाट पनि उठ्छ भनेर।

०००
काठमाडाैं
२०८२-५-३१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
प्रेमाशक्त

प्रेमाशक्त

अनिता काेइराला
फूलको उत्सव

फूलको उत्सव

अनिता काेइराला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x