अनिता काेइरालानिर्ढुक्क थियो ऊ
निडर थियो महामारीको समाप्तिमा बिर्सिएको थियो ईश्वर भएर बसेको उसले चट्याङ आकाशबाट मात्र होइन जमिनबाट पनि उठ्छ भनेर।

अनिता कोइराला :
अमूल्य सोमरसको थोपा थोपामा
निश्चिन्त थियो विजयको उन्मादमा
अनि निर्भीक भएर पिउँदै थियो
आफ्नै सन्तानको रगत
अमरता प्राप्तिको होडमा !!
अमरावतीको सानन्दमा
लट्ठिएका आँखाहरू
आकाशतिर फर्किन मात्र अभ्यस्त थिए
बिर्सिएका थिए झुक्न जमिनतिर
हावाको महलमा हराएर ऊ
अहंकारको हुँकार
गर्दै थियो आरोग्य प्राप्तिमा
स्थिर यौवनको उपलब्धिमा
ईश्वर बन्दै गरेको ऊ
ढुक्क थियो युद्धको समाप्तिमा …
आश्वास्त थियो भोकमरीको समाप्तिमा
निडर थियो महामारीको समाप्तिमा
बिर्सिएको थियो ईश्वर भएर बसेको उसले
चट्याङ आकाशबाट मात्र होइन
जमिनबाट पनि उठ्छ भनेर।
०००
काठमाडाैं
२०८२-५-३१
Subscribe
Login
0 Comments
Oldest








































