साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुङ्गा बनेको मान्छे !

हेर अन्धभक्तको विमूढता ढुङ्गा ईश्वर बन्न सक्ने सम्भावनालाई लत्याएर विवेकको हत्या गरेको मान्छे जलाउँदै छ अर्को जीउँदो मान्छे ।

Nepal Telecom ad

अनिता काेइराला :

छक्क परेकी छु
दुप्चेश्वको यो अक्करमा
ढुङ्गा रसाएको आडैमा देख्दै छु
ढुङ्गामाथि नै सतबीज उम्रिएको भेट्दैछु
उमारेर छातीमा आशाको
जीवन्त हाँसो ढुङ्गाकै सुन्दैछु
सर्वशक्तिशाली शिव पनि
सानन्दमा मौन नै भेट्दैछु
शान्तिको शीतल पवनमा मक्ख परेकी म
हृदयमा बजारिएको
पेचिलो आवाजले लज्जित हुँदैछु
सुक्खा पातले उपहास गरेको सुन्दैछु
धर्मान्धको आँधीमा उडेको
ए मूर्ख मान्छे !
अहंकारको अक्करमा
अमानुष बनेको तेरो संसार
किन यस्तो छ ?
धर्मको कालो झण्डा फहराउँदै
सिङ्गो मानताको मलामीमा
नाङ्गो नाच किन गर्दैछ ?

हेर अन्धभक्तको विमूढता
ढुङ्गा ईश्वर बन्न सक्ने सम्भावनालाई लत्याएर
विवेकको हत्या गरेको मान्छे
जलाउँदै छ अर्को जीउँदो मान्छे ।

०००
२०८२-९-७
गुर्जुधारा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
प्रेमाशक्त

प्रेमाशक्त

अनिता काेइराला
फूलको उत्सव

फूलको उत्सव

अनिता काेइराला
भ्रमको पुलिन्दा

भ्रमको पुलिन्दा

अनिता काेइराला
निर्ढुक्क थियो ऊ

निर्ढुक्क थियो ऊ

अनिता काेइराला
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x