साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुनर्जन्म

त्यसैले— अनन्त सूर्यप्रति ऊ कृतज्ञ छ, आभारी छ, नतमस्तक छ। तमसबाट आलोकसम्मको यात्राको अर्को नाम— पुनर्जन्म।

Nepal Telecom ad

अनिता कोइराला :

बाहिरी आँखाले
बाहिरी आकाशलाई
टुलुटुलु हेर्दै,
अररो मुन्टो पार्दै,
अन्तरिक्षका अगणित
अनन्त तारापुञ्जहरूमा
उत्तर खोज्दै हिँडेको शिष्य।

पुनर्जन्मपछि भने—
हृदय–आकाश उघ्रियो।
अब
ऊ टाढाका ताराहरू होइन,
आफ्नै अन्तरमा उदाइरहेको
अनन्त सूर्यलाई निहार्छ।
कृतज्ञ हुन्छ।
आभारी हुन्छ।
नतमस्तक हुन्छ।

थाहै थिएन उसलाई—
झुसिल्कीरालाई पुतली बनाउने
मौन प्रक्रियाले
यति विराट चमत्कार
आफ्नै गर्भमा बोकेको हुन्छ।

जब
“भूँ… भूँ… भूँ…”
अदृश्य नाद
अन्तरमा गुञ्जिन्थ्यो,
ऊ शङ्काको आवरण ओढेर
आलोचनाको अखनीले
त्यसैलाई चिर्न खोज्थ्यो।

लाग्थ्यो—
यो सङ्गीत होइन,
सम्मोहन हो।

यो रूपान्तरण होइन,
अन्त्यको षड्यन्त्र हो।

माटोको बन्द कोषभित्र
स्वतन्त्रताको मृत्यु हुँदैछ।

अरूको प्रकाशमा उज्यालिनु
दासता हो।

त्यसैले
ऊ आफ्नै अन्धकारलाई
स्वतन्त्रता सम्झिरह्यो।

तर
त्यो नादले निरन्तर भनिरह्यो—
“झुसिल्कीरा भएर
आकाशको अर्थ बुझिँदैन।
कोषमा प्रवेश गर।

मृत्यु होइन,
आफ्नै पुरानो सीमालाई त्याग।

पखेटा उम्रिन्छन्—
उडान आफैँ आउँछ।”
र,
एक दिन
कोष फुट्यो।

मरेको केही थिएन।
झरेको थियो केवल
पुरानो परिचय।

त्यसपछि मात्र
उसले बुझ्यो—
जुन कोषलाई
कारागार ठानेको थियो,
त्यही त
उसको पुनर्जन्मको गर्भ रहेछ।

जुन नादलाई
भ्रम सम्झेको थियो,
त्यही चेतनाको
आदिम आह्वान रहेछ।

आज
ऊ आकाशमा उड्दैन,
आकाशमै विलीन हुन्छ।

अब
बाहिरी आँखाले होइन,
हृदय–आँखाले देख्छ।
त्यसैले—
अनन्त सूर्यप्रति
ऊ कृतज्ञ छ,
आभारी छ,
नतमस्तक छ।
तमसबाट आलोकसम्मको
यात्राको अर्को नाम—
पुनर्जन्म।

०००
२०८३-४-१३
चन्दागिरि-५, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
प्रेमाशक्त

प्रेमाशक्त

अनिता काेइराला
फूलको उत्सव

फूलको उत्सव

अनिता काेइराला
ढुङ्गा बनेको मान्छे !

ढुङ्गा बनेको मान्छे !

अनिता काेइराला
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x