साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माटोबाट पलाएर माटोमै

कुनै दिन यही माटो निर्जीव अनि फुस्रो थियो वाक्यहीन, दृष्टिविहीन र अर्थहीन धुलो अनि हिलो मात्र थियौ ,छ्याप छ्याप गर्दै रच्छ्यान छच्ल्किन्थ्यौ ।

Nepal Telecom ad

अनिता कोइराला :

माटोबाट बिस्तारै
मान्छे बन्दै आएका
ए ! अहंकारका पुतलाहरू हो
अज्ञानको कालिमाले जब
तिम्रो विवेकलाई छोपिदियो
तब माटोलाई नै घृणा गर्न थाल्यौ?

तर सावधान !
अमरता प्राप्त गर्ने होडमा
जतिनै दौड लगाए पनि
तिमीहरू कदापि अमर छैनौं

अन्धकारको सूर्यलाई
इष्टदेव मानेर
पुज्नथालेपछि
बुझ्न सकेनौं समयमै
शरीरको शाश्वत विज्ञान

मत्थन सकेनौ
संवेदनाको मदानी
निकाल्न सकेनौ
श्वासबाट आनन्दको नौनी
माटोबाट माटो नै हुने यात्रामा
हिँडेका ओ सिसिफसहरू
किन गर्छौ यतिधेरै अहङ्कार?
विजय उन्मादना हिँडेकाहरू हो
तिम्रो घर पनि त माटोबाटै नै त बनेको छ।

थाह छ तिमीलाई
माटोको इतिहास ?
कुनै दिन यही माटो
निर्जीव अनि फुस्रो थियो
वाक्यहीन, दृष्टिविहीन र अर्थहीन
धुलो अनि हिलो मात्र थियौ
,छ्याप छ्याप गर्दै
रच्छ्यान छच्ल्किन्थ्यौ

जब चमत्कार भयो श्वासको
माटो हिँड्न थाल्यो
बोल्न थाल्यो
हाँस्न थाल्यो
सोच्न थाल्यो र
अभिमानको फोक्सो फुलाएर
धर्तीलाई नै जलाउ थाल्यो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
प्रेमाशक्त

प्रेमाशक्त

अनिता काेइराला
फूलको उत्सव

फूलको उत्सव

अनिता काेइराला
ढुङ्गा बनेको मान्छे !

ढुङ्गा बनेको मान्छे !

अनिता काेइराला
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x