साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय झोक सम्मेलन

एकछिनमा थोरै वातावरणले त यस्तो गर्‍यो भने शताब्दीयौंदेखि देशभरी सबैतिर सधैंभरी त्यस्तै वातावरणमात्र भोग्दा हामी झन्डै तीन करोडलाई कस्तो भाको होला ?!

Nepal Telecom ad

रामकृष्ण ढकाल :

गन्धमती खोलाको किनारमा रहेको चौरमा झोला बोक्ने कविहरूको निकै बाक्लो उपस्थिति थियो । कतै पाल टाँगिएको थियो त कतै दाल पाक्दै थियो । कतै कुर्सीहरूको लहर थियो त कतै घुर्कीको कहर । सकेसम्मको साजसज्जा अनि भेटघाट र भलाकुसारीको मज्जा । कविहरूको झोलाको बाहिरै विभिन्न दलका झण्डा र चुनाव चिन्हका चित्रहरू देखिन्थे । चौरको एक छेउमा एउटा राम्रो द्वार बनाइएको थियो ।

त्यो द्वारको माथिपटिको भागमा एउटा सूचनापट लगाइएको थियो । सूचनापटमा लेखिएको थियो- राष्ट्रिय झोक (झोले कवि) सम्मेलन । कहिँ कतै अन्यत्र देख्न नपाइने यो सम्मेलनमा देशविदेशबाट सयौं झोकहरू आएका थिए । कतै एकमना त कतै बहुमना गफ चल्दैथियो । एउटा मञ्च पनि बनाइएको थियो । परमुख अतिथिको र अन्य अतिथिहरूको आगमन हुँदै थियो ।

एकजना कवि खाद्य विभागतिर गए र यस्सो बुझे । उनले थाहा पाए खाद्य विभागले विभिन्न परिकारहरू तयार पार्दैरहेछ । ती परिकारहरूमध्ये एउटा थियो- देश नामको । अर्को थियो- जनता । फेरि अर्को थियो- सुसँस्कार । अझै अर्को थियो- सामदाम । अर्को थियो- राजनीतिक आफन्तवाद । अनि पाक्दै थियो- हाम्रावाद ।

कुनै कुनै परिकार अलि लामो नामका पनि थिए । सोझो सिधा बहिस्कार, बाङ्गाटेढा अङ्गिकार, पूर्वाग्रही भेदभाव, जनदुखलाई बेवास्ता, दुखजिवीलाई यातना, कौडेमुन्द्रे जिन्दावाद आदि दर्जनौं । हुन पनि झोकहरूलाई मनपर्ने यस्तै परिकार त हुन । अझ भनसुन, खासखुस, लेनदेन, स्तुतिगान, अन्धभक्ति नामका ट्वाक्क परेका चटनी समेत भएपछि त रौनकै बेग्लै । कविजीले केहिबेर नियालेर बुझिसकेपछि उनी प्रफुल्ल मुद्रामा यता साथीभाइहरूतिर फर्के । उनले आफूहरूले सधैं मनपराउने गरेको नामका परिकारका लहर सिर्जना गरेकोमा भान्साविभागका सबैलाई असिम धन्यवाद व्यक्त गर्दै तारिफ सुनाए ।

अरू पनि गएर बुझिहेरे । वास्तविकता नै कवित्व बोलेका रहेछन् । अब उनीहरूबिचको कुराकानीको शीर्षक बदलियो । झोकहरू आफ्नै प्रशंसामा मग्न भए । धन्न फलानो दलको झोले भैएछ र यत्रो भव्य सम्मेलनमा आएर यस्ता बहुचर्चित अनि झोकप्रिय परिकार खान पाइने भयो, एकदम भाग्यमानी मान्नुपर्छ हामीले आफूलाई ! अनि मनैदेखि अत्यधिक आभार ती दलहरूलाई र दलका महान नेतालाई जसले आफ्नो पुच्छरतिर हामीलाई स्थान दिए र यस्तो सुनौलो अवसरका लागि वातावरण तयार गरिदिए- उनीहरूको कुराकानीको सारांश ।

कुनै दुई बटुवा जो त्यता नजिकैको बाटो हिँड्दै थिए अनि पालसहितको चालमाल देखेर के रहेछ भनेर हेर्न पसेका थिए, यो भव्यता र सभ्यताले उनीहरूलाई यस्तो छिटो असर गर्‍यो कि उनीहरुको स्वास्थ्य तत्कालै बेस्सरी बिग्र्यो । झाडा र बान्ताको बाढी आउने पक्का भयो । उनीहरू हतार हतार त्यहाँबाट निस्के । अल्लिपर पुगेपछि मात्र केही राहत महशुस भयो । एकछिनमा थोरै वातावरणले त यस्तो गर्‍यो भने शताब्दीयौंदेखि देशभरी सबैतिर सधैंभरी त्यस्तै वातावरणमात्र भोग्दा हामी झन्डै तीन करोडलाई कस्तो भाको होला ?!?!

०००
२०८२ कार्तिक २९
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
भिल्लपुर वाङ्मय

भिल्लपुर वाङ्मय

रामकृष्ण ढकाल
उहाँ त  ह्वाँ ह्वाँ !!

उहाँ त ह्वाँ ह्वाँ...

रामकृष्ण ढकाल
सिङ्बिहिन तिखे गोरु

सिङ्बिहिन तिखे गोरु

रामकृष्ण ढकाल
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x