रामकृष्ण ढकालदेश के हाे बुझिस् ?
मूर्ती कुँद्ने एउटा ढुङ्गो त अर्काले दिन पर्नेले केक्के न देश हुँ भनेर घमण्ड गर्छ यार त्यही ढुङ्गो दाताकै भूमी जनावरले झैं ओगटेर ! लाजैमर्नु भन्या ।

रामकृष्ण ढकाल :
डल्ले र भुन्टे बेंसीका बाली बिहिन खाली गह्रामा पलाएका घाँसमा चराएर आफूले पालेका बाख्राका सास धान्ने काममा व्यस्त थिए । भर्खरै विद्यालय तहको अन्तिम परीक्षा दिएर नतिजाको पर्खाइमा बसेका उनीहरू पढ्न नपरेको फुर्सदलाई छगचरन कार्यक्रम गरेर बिताउँदै थिए । खेल र गफ पनि पार्श्वधन्दा हुन्थे । भावी योजनाका काल्पनिक उडान पनि गफमा सामेल हुन्थे ।
डल्ले : ओइ भुन्टे ! तँ अब कलेजमा कुन विषय लिन्छस् ।
भुन्टे : कलेज जान पाउने त होकि होइन । के यो विषय भन्ने ? मलाई त दोधार छ उत्तीर्ण हुने नहुनेको ।
डल्ले : म त पक्का उत्तीर्ण हुन्छु अनि दुई वर्ष कलेज पढेर विदेश जान्छु ।
भुन्टे : त्यसोभए संसारमा कतिवटा देश छन भन त !
डल्ले : देश त एउटामात्र हो नि । अरू त सबै विदेश नै हुन् क्यारे !
भुन्टे: त्यसोभए एउटा देश बन्नलाई आवश्यक कुराहरू लक्षणहरू अथवा विशेषताहरू केके हुन भन् त ।
डल्ले : हेर भुन्टे ! सत्ता जनता भौगोलिक सिमाना नियम कानून संविधान सेना संविधान आदि कुरा त देशका परम्परागत वा धेरै पहिलेदेखी मानिआएका विशेषता नै हुन । अहिलेको चन्द्रमाको धर्तिमा पाइला टेक्ने युगमा यतिमात्र पर्याप्त हुँदैन एउटा देश बन्न ।
भुन्टे : अनि के बम बारूद छिमेकी र मित्रहरूप्रति हेपाइ मिचाइ टोकाइ पनि एउटा असल देशका विशेषता हुन् त ?
डल्ले : त्यो होइन हेर । जुन समाजले बम बारूद बन्दुक गोली क्षुद्र बोली हेपाइ चेपाइ टोकाइ आदिले भरिएर देश हुँ भन्छ नि त्यो देश होइन राक्षस हो । एउटा असल देशको लक्षणमा पर्ने कुराहरूमा
क) देशको एउटा न एउटा निर्माता हुन्छ जस्तै :- नेपालको पृथ्वीनारायण शाह, जर्मनिको बिस्मार्क, इटलीको केबुर, बङ्गलादेशको बङ्गबन्धु शेख मजिबुर रहमान, चिनको सन यात सेन, पाकिस्तानको महम्मद अलिजिन्नाह आदि । बिना निर्माता संसारमा कुनै सामन संरचना वा देश हुँदैन ।
ख) आफ्नै देश भित्रका नागरिकले मात्र बनेको सेना जस्तै : नेपालको, चिनको, रुसको, अफ्रिकाको, अमेरिकाको आदि । किनभने संसारमा जुन ठाउँका नागरिकले सेना भएर रक्षा गर्यो त्यो देश त्यही नागरिकका हुन्छ ।अर्को छुट्टै देश हुँदैन ।
ग) आफ्नै देशका नागरिकले सङ्गीत भरेको राष्ट्रिय गान भएको हुन्छ । जस्तै: नेपाल, थाइल्यान्ड, क्यानाडा, चिन, मङ्गोलिया आदि ।
घ) कुनै असल देश छ भने त्यसले राजनीति व्यापार साँस्कृतिक सम्पदाहरू धार्मिक शिर्ष व्यक्तित्वका जन्मस्थल भूमी सिमाना संरचना आदि जस्ता कुनै पनि विषयवस्तुलाई निहुँ वा बहाना बनाएर साँध सिमाना जोडिएको अर्को देशलाई रोक्ने छेक्ने टोक्ने थिच्ने मिच्ने लुट्ने कुट्ने भुट्ने जस्ता घृणित घोर निन्दनिय कार्य गर्दैन । बरू सही र सच्चा मनले परेको बखतमा सहयोग गर्छ ।
…..
…….. बुझिस् ?
भुन्टे : कुरो त तैंले सोह्रै आना ठिक गरिस् यार । मूर्ती कुँद्ने एउटा ढुङ्गो त अर्काले दिन पर्नेले केक्के न देश हुँ भनेर घमण्ड गर्छ यार त्यही ढुङ्गो दाताकै भूमी जनावरले झैं ओगटेर ! लाजैमर्नु भन्या ।
डल्ले : ओइ यहाँ गफ गरियो उता बाख्रा खोइ ? हिँड खोज्न जाउँ ।
०००
२०८३ वैशाख १५
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































