साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ का दश उत्कृष्ट निबन्ध प्रकाशित गरिने

प्रतियाेगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त भएका लगायत उत्कृष्ट दशमा छनाेट भएका निबन्धहरू फित्कौंली डटकमले क्रमशः प्रविष्ट गर्ने भएको छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ कात्तिक २ । नेपाली हास्यव्यङ्ग्य साहित्यको दीर्घकालीन प्रवर्द्धन गर्ने उद्देश्यले ‘खाइराइड निबन्ध सङ्ग्रह’ का सर्जक राजेन्द्र कार्कीद्वारा स्थापित ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ प्रतियोगितामा आयाेजना गरिने भएकाे छ ।

उक्त प्रतियाेगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त भएका लगायत उत्कृष्ट दशमा छनाेट भएका निबन्धहरू फित्कौंली डटकमले क्रमशः प्रविष्ट गर्ने भएको छ ।

खाइराइड हास्यव्यङ्ग्य पुरस्कारको प्रतियोगितामा भाग लिन विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूले WORD फाइल र PDF दुबै फर्म्याटमा अक्षरको इमेल ठेगाना bangaakshar@gmail.com मा आफ्नो हास्यव्यङ्ग्य निबन्ध, एक प्रति फोटो र छोटो व्यक्तिगत विवरण सहित पठाउनु पर्नेछ ।

पुरस्कारको राशी प्रथम – रू २०,००० (बीस हजार), द्वितीय – रू १०,००० (दश हजार) र तृतीय (दुई जना) – जनही रू ५,००० (पाँच हजार) रहेकाे छ ।

धेरैभन्दा धेरै विद्यार्थीहरूलाई यो प्रतियोगितामा भाग लिन प्रेरित गरिदिन विद्यालय परिवार, अभिभावकहरू, साहित्यानुरागी र सम्बद्ध सम्पूर्णमा बाङ्गा अक्षरले विनम्र अनुरोध गरेकाे छ।

आफ्ना सम्पर्कमा रहेका विद्यालय र विद्यार्थीमा यो सूचना उपलब्ध गराइ दिनु हुन पुरस्कार प्रतियोगिता आयोजक तथा व्यवस्थापक बाङ्गा अक्षरले अनुराेध गरेकाे छ।

हास्यव्यङ्ग्य निबन्ध प्रतियोगितामा भाग लिनका लागि निम्न बमोजिमका शर्तहरूको पालना गर्नुपर्ने छ :
१. यस प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने जुनसुकै देशका नेपालीभाषी विद्यार्थीले भाग लिन सक्नेछन् । भाग लिने विद्यार्थी कुन कक्षामा पढ्दै गरेको भन्ने जानकारीका लागि विद्यालयको प्रधानाध्यापक वा प्रिन्सिपलद्वारा लेखिएको औपचारिक सिफारिश पत्र निबन्धसँगै पठाउनु पर्ने छ ।
२. निबन्ध मौलिक हुनुपर्ने छ ।
३. निबन्ध कम्तिमा ११०० र बढीमा १८०० शब्दको हुनु पर्नेछ ।
४. निबन्ध देवनागरी लिपिमा टाईप गरेर पठाउनु पर्ने छ । शुद्धाशुद्धीलाई विशेष रूपमा ध्यान दिनु पर्ने छ ।
५. एआई वा चोरी र नक्कल गरी लेखिएको निबन्धलाई प्रतियोगितामा समावेश गरिने छैन ।
६. निबन्ध जुनसुकै विषयमा पनि लेख्न सकिन्छ । निबन्धले प्रवृतिलाई व्यङ्ग्य गरको हुनु पर्नेछ। तर कुनै व्यक्ति, जात, धर्म, वर्ण, सम्प्रदाय र लिङ्गलाई व्यङ्ग्य वा गाली गलौज गरिएको निबन्ध स्वीकार्य हुने छैन ।

प्रतियोगिताका लागि प्राप्त भएका निबन्धहरू बाङ्गा अक्षरद्वारा चयन गरिएकाे निर्णायक मण्डलले अध्ययन गरेर उत्कृष्ट रचनाहरू पुरस्कारका लागि सिफारिस गर्नेछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x