साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेलामा हराएको बालक

एकछिनका लागि त खुशी भएँ म, स्वतन्त्र भएपछि अभिभावकबाट तर केहिपछि, जुन मेला थियो रमाइलो अब भीडमा हराएर म, मच्चियो रोइलो ! जादु, खेल, भव्य मेला भययुक्त हुनगयो

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

हो – म मेलामा हराएको बालक,
ढुक्क थिएँ-
मेरो रक्षक थियो, मेरो विवेक
उसले मेरो औंला समातेर
डोर्‍याउदै थियो एक एक पसल-
एक एक स्टल
पुर्‍याउदै थियो त्यहाँ जो डुल्नु पर्ने
उपयुक्त ठाउँ थियो असल।

तर जब मैले रक्षकदेखि दिक्क लागी
छोडाएँ उसको औंलाबाट आफ्नो हात
फुत्त फुस्केर भागें-
रहन नचाहेर अभिभावकको करमा
घुम्न मन लागेर मेला आफ्नै भरमा !
एकछिनका लागि त खुशी भएँ म,
स्वतन्त्र भएपछि अभिभावकबाट
तर केहिपछि, जुन मेला थियो रमाइलो
अब भीडमा हराएर म, मच्चियो रोइलो !
जादु, खेल, भव्य मेला भययुक्त हुनगयो

खोज्न थालें रक्षकलाई चिच्याई चिच्याई
पुन: समाउन उसका सबल औंलालाई
अहँ ! सकिन कसै गरे पनि,

अहिले एउटा बेपत्ते बालक
हुन पुगेको छु
आफ्नै कुबुद्धिले गर्दा
नराम्ररी चुकेको छु।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x