लक्ष्मण नेवटियामेलामा हराएको बालक
एकछिनका लागि त खुशी भएँ म, स्वतन्त्र भएपछि अभिभावकबाट तर केहिपछि, जुन मेला थियो रमाइलो अब भीडमा हराएर म, मच्चियो रोइलो ! जादु, खेल, भव्य मेला भययुक्त हुनगयो

लक्ष्मण नेवटिया :
हो – म मेलामा हराएको बालक,
ढुक्क थिएँ-
मेरो रक्षक थियो, मेरो विवेक
उसले मेरो औंला समातेर
डोर्याउदै थियो एक एक पसल-
एक एक स्टल
पुर्याउदै थियो त्यहाँ जो डुल्नु पर्ने
उपयुक्त ठाउँ थियो असल।
तर जब मैले रक्षकदेखि दिक्क लागी
छोडाएँ उसको औंलाबाट आफ्नो हात
फुत्त फुस्केर भागें-
रहन नचाहेर अभिभावकको करमा
घुम्न मन लागेर मेला आफ्नै भरमा !
एकछिनका लागि त खुशी भएँ म,
स्वतन्त्र भएपछि अभिभावकबाट
तर केहिपछि, जुन मेला थियो रमाइलो
अब भीडमा हराएर म, मच्चियो रोइलो !
जादु, खेल, भव्य मेला भययुक्त हुनगयो
खोज्न थालें रक्षकलाई चिच्याई चिच्याई
पुन: समाउन उसका सबल औंलालाई
अहँ ! सकिन कसै गरे पनि,
अहिले एउटा बेपत्ते बालक
हुन पुगेको छु
आफ्नै कुबुद्धिले गर्दा
नराम्ररी चुकेको छु।
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest








































