साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

अरु कुट्ने मुसलले आफ्नै हात पनि कुट्न सक्छ चाकरी र चाप्लुसीको भरोमा गर्दै नगर्नुस् महोदय फापर चुट्ने लौरोले मसुरो मास पनि चुट्न सक्छ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
बाहिर त सारसौंदो देखिन्छौँ भित्र पाकिरहेका हुन्छौं
मनमा आगो तर ओंठमा मुस्कान हाँसिरहेका हुन्छौं
सम्भ्रान्तहरूकै कुरा हुन् यी महोदय मान्नुस् नमान्नुस्
पर्दामा एक नेपथ्यमा अर्कै जीवन बाँचिरहेका हुन्छौं ।

२.
भोका कुनै जीव छैनन् केही न केही खाएका छन्
चराहरूको जिन्दगी हेर घर छैन तर रमाएका छन्
आफ्ना निमित्त महल ठ्ड्यायौ त के कमाल गर्‍यौ
तिम्रा घर जत्रै देवल त धमिराले पनि उठाएका छन् ।

३.
कसैलाई मदिराले कसैलाई चियाले सिद्ध्याउँछ
प्रत्येक जीवन कुनै न कुनै जरियाले सिद्ध्याउँछ
आफूलाई अविनाशी ठान्ने ए ! अहङ्कारी मान्छे
याद राख्नु फलामलाई उसकै खियाले सिध्याउँछ ।

४.
अति नगर्नुस् विश्वासको त्यान्द्रो पनि टुट्न सक्छ
अरु कुट्ने मुसलले आफ्नै हात पनि कुट्न सक्छ
चाकरी र चाप्लुसीको भरोमा गर्दै नगर्नुस् महोदय
फापर चुट्ने लौरोले मसुरो मास पनि चुट्न सक्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x