साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविजी

उनीहरू डाक्टरसहित कविको कोठामा छिरे । कवि त दुरुस्तै कविता भट्याउँदै थिए, तर कविताप्रेमी त्यही भुइँमा लम्पसार पल्टेका थिए ।

Nepal Telecom ad

प्रा. डा. कपिल लामिछाने :

एकपटक कविजी सिकिस्त भए । मानिसहरू पालैपालो कुरुवा बस्न थाले । कविको नाजुक अवस्था थाहा पाएर नयाँ कवि कविताप्रेमी पनि कुरुवा बस्न र कविको सान्निध्य प्राप्त गर्न पुगे ।

कविताप्रेमीले भने– कविज्यू, कविता सुनाउनुहुन्छ कि ?

कविले यसो आँखा खोल्न खोजेझैँ ओठ चलाउन खोजेझैँ गरे ।

कविताप्रेमीले एक थुर्मी जल मुखमा राखिदिए र फेरि भने– म त हजुरका कविता सुन्न बसेको हुँ…।

कविले आँखा खोले, ओठ चलाए र भने— त्यसो भए ल सुन कविता ।

उनले कविता सुनाउन थाले । कविताप्रेमीले बेलाबेलामा ‘वाह ! वाह ! क्या कविता !’ भन्दै गए । ध्यानमग्न भएर कविता सुन्दै गए । कविले झन्झन् उच्च स्वरमा लयबद्धताका साथ कविता सुनाउँदै गए ।

कविताप्रेमीले भने– अब भयो पनि कविजी, अब आराम गर्नुहोस् ।

कविले भने– तिमी साँच्चिकै कविताप्रेमी होऊ र मेरो भलो चाहन्छौ भने सुनिराख कविता !

अनि उनी पुनः पूर्ववत् कविता भट्याउँदै गए ।

माथि घरका सदस्यहरूले उनलाई बेथाले अत्यधिक चापेर रातभर बडबडाएको भन्ठाने । उनीहरूले बिहान उज्यालो नहुँदै डाक्टर बोलाए । उनीहरू डाक्टरसहित कविको कोठामा छिरे । कवि त दुरुस्तै कविता भट्याउँदै थिए, तर कविताप्रेमी त्यही भुइँमा लम्पसार पल्टेका थिए ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x