साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाँत

उनी बार्दलीतिर दौडे । बार्दली झन्डै जोडिएकै थियो । छिमेकी महिला भन्दै थिइन्, “हतारहतार निक्लँदा मेरै काँटा होला भन्ठानेर ब्यागमा हालेर हिँडेकी तपाईंको दाँत पो परेछ । ल लिनुस् ।”

Nepal Telecom ad

प्रा.डा. कपिल लामिछाने

उनी दिउँसै लाइट बालेर कोठामा केही खोज्दै थिए ।
“के खोज्नुभको बुवा ?” बुहारीले भनिन् ।
“केही होइन ।” उनले बुहारीतर्फ नफर्की भने ।
बुहारी अफिसबाट भरखर घर छिरेकी थिइन् । उनी लुगा फेर्न आफ्नो कोठामा पसिन् ।
उनी खोज्नमै तल्लीन भए । ओछ्यान पल्टाए । सिरानी उल्टे । पलङको वरिपरि हेरे । यता खोजे । उता खोजे । पटकपटक खोजे । खोजेको कुरा भने पाइएन ।

“काँ गयो, त्यो ठाँडो ?” उनले आफैँसँग प्रश्न गरे ।
“के काँ गयो बुवा ?” बुहारीले सुनिछन् । सोधिन् ।
“केही होइन ।” उनले फेरि भने ।
बुहारीका आँखा उनका मुखमा परिहालेछन् ।
उनले भनिन्, “दाँत ? मुखका दाँत हराउँदा पनि चाल नपाउने त बा ! काँ राख्नु भाथ्यो ?”
उनी लाजले भुतुक्क भए ।
उनले भने, “यतै कतै खसेजस्तो लाग्छ ।”

बुहारीले ओछ्यान पल्टाइन् । सिरानी उल्टिन् । तन्ना टक्टक्याइन् । छेउकुना खोजिन् । पाइनन् ।
उनले दिक्क मानेझैँ भनिन्, “कसरी खस्यो त दाँत ? काँ राख्नु भाथ्यो ? किन झिक्नु नि बेला न कुबेला !”
उनलाई झनक्क रिस उठ्यो । तर उनी केही बोलेनन् । सानो शिशुले झैँ मुख पाउपाउ गरिरहे ।
“ल म खाजा बनाउन गएँ ।” बुहारी ठुस्केर निक्लिन् ।

उनको ध्यान छिमेकीतिर गयो ।
घर जोडिएको छिमेकीको आबाज सुने, “सर ! सर !”
उनी बार्दलीतिर दौडे । बार्दली झन्डै जोडिएकै थियो ।
छिमेकी महिला भन्दै थिइन्, “हतारहतार निक्लँदा मेरै काँटा होला भन्ठानेर ब्यागमा हालेर हिँडेकी तपाईंको दाँत पो परेछ । ल लिनुस् ।”
उनले दाँत कुचुक्क मुखमा हुले । अनि उनी मुसुक्क हाँसे ।
भान्छाबाट बुहारीले हेरिरहेकी थिइन्।

०००

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x