साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन खाने खिर ?

पक्रिएला थुनिएला छैन कुनै डर पुलिसकाे थाना आफ्नै साख्खे मामाघर । नेताजी नि आफ्नै मान्छे बाेकेकै हाे झाेला खिर दिवस् मानाैं साथी जे जे भए हाेला !

Nepal Telecom ad

रामप्रसाद पन्थी :

भैंसी बाँध्ने भकरा नि रित्ता हुँदै गए
दूध दिने भैंसी जति मम बन्ने भए ।

बाबु भन्छ गल्याे जिउ भन केले लाग्छ
छाेराे गई भट्टीतिर छाङ रक्सी चाख्छ ।

दूध घिउ चिनी खाेज्ने किन गर्ने टन्टा
हेर्न पनि मन छैन कबलीका मन्टा ।

आगाे बाल बाेकाे ढाल खाेजी हाल झिर
रक्सी मासु खानु पर्छ किन खाने खिर ?

साउनकाे पन्ध्र भन्छन् खिर खाने दिन
खिरै खाने भए भाइ हाेटलमा हिन ।

खिरसित खानु पर्छ सुकुटी र मासु
खुसी हुँदै खान दिन्छिन् हाेटलकी सासू ।

खिर खाई पिर जान्न भन्छ कान्छाे सालाे
खान्न खान्न भन्दा भन्दै सिसि चार ढालाे ।

नलागेमा नसा थप तानिदेऊ हुक्का
पैसा मागे साहुजीले हानिदेऊ मुक्का ।

पक्रिएला थुनिएला छैन कुनै डर
पुलिसकाे थाना आफ्नै साख्खे मामाघर ।

नेताजी नि आफ्नै मान्छे बाेकेकै हाे झाेला
खिर दिवस् मानाैं साथी जे जे भए हाेला !

०००
मिति २०८२।०४।१४
रेसुङ्गा न पा २ , गुल्मी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
मणि ज्ञवाली
मणि ज्ञवाली
1 year ago

खिर दिवसको शुभकामना सर। आउनुस कवलीका मुटा र खिर संगै खाऔंला।

Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x