साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टापाल्टा

नीति स्वच्छ नभै राम्रो लोकतन्त्र भनी भनी नेता नायकले राख्छन् नाता आफ्नै गनी गनी सत्ताको स्वाद पाएर आफैभित्र रमाउँछन् परनिर्भरमा जाने उल्टो बाटो खनाउँछन् ।

Nepal Telecom ad

कपिल अज्ञात :

अहिंसाको यहाँ मन्त्र कसाईले सिकाउँछन्
तोड्छन् सम्बन्ध जो आफ्नै मायापाठ सुनाउँछन्
जुलूसबाट जो भाग्छन् गर्छन् संघर्षका कुरा
नीतिले हीन जो हुन्छन् सल्लाहकार बन्दछन् ।

फजूल हुन्न ती भन्छन् लगाएर चुरैचुरा
कार चढी उनै गर्छन् सादा जीवनका कुरा
कथनी करणी एकै छैन जीवनमा कहीं
कहाँ राम्रो हुने हो र ! शैली बिग्रे जहाँतहीं ।

भावना वेग नै छैन तिनै कवि हुँ भन्दछन्
वाद्यवादन नै छैन संगीतकार बन्दछन्
जो अधर्मी यहाँ नीच पुजारीमा नियुक्त छन्
छन् जो विचारले हीन योजनाकार बन्दछन् ।

उल्टापाल्टा कयौं काम हुने गर्छ यो देशमा
भ्रष्टाचार हुने गर्छन् कति यी साधुभेषमा
बुझेरै मुटुका घाउ कति यी चहराउँछन्
भीखमंगा यहाँ राजनेतामा कहलाउँछन्।

नीति स्वच्छ नभै राम्रो लोकतन्त्र भनी भनी
नेता नायकले राख्छन् नाता आफ्नै गनी गनी
सत्ताको स्वाद पाएर आफैभित्र रमाउँछन्
परनिर्भरमा जाने उल्टो बाटो खनाउँछन् ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
पुरेत र जजमान

पुरेत र जजमान

प्रा. कपिल अज्ञात
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x