साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शक्ति र सिध्दान्त

ऊ माथ सम्झन्थ्याे, मठाधीश भन्थ्याे, सिध्दान्त थे, शक्ति जागिरहेथ्याे मनमा । हलीसँग उस्का हवाला थे, पुच्छरका शैल शीतल ताप्थे । बस ! जमिन जाेतिने हाे, जाेतिन्थ्याे ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

जे जे थे बेथा
प्याच्च बाेल्थे नेता
नीति थे प्राचीन राेमका
व्यवहार गर्थे अर्वाचीन,
न ढङ्गका, न प्रमाणका
वरिपरि शक्ति थे जबरमा
सिध्दान्त सुन्थे अनुचरका
मन्त्रिन्थे गायत्री गुप्तचरसँग ।
व्वाइलर थे साहसमा, ती थे खाेरमा !
हल्ला गर्थे, हल्लिन्थे प्रत्येक भाेरमा !!
बाटाे कुबाटाे हल्ला थ्याे
शक्ति सन्तुलनकाे जाेहमा त्याे
ऊ खुब जान्दथ्याे, जे जान्दथ्याे
केही जान्दैनथ्याे, कुनै मान्दैनथ्याे
लाटाेसुधाे सराेकार सडकमा थ्याे
पिल्सन्थ्याे बराेबर रिसालु रागमा
पार्टी थे, पार्टीमा पाटी थे त्यहाँ
पाटी, पार्टी बन्थे एकाएक खुसामतमा
नजरानाकाे भाउमा चिल्लन्थ्याे सिध्दान्त
शक्ति अर्जिन्थ्याे जनमनकाे अमिलाे डकारसँग
हिजाे भाेकमा थ्याे सिध्दान्त
अाज शक्तिकाे भाेजमा थ्याे, माेज !
साधारण चाेकहरू रल्लिन्थे त्यसै,
वाफिलाे गफमा चियाकाे तुर्कासँग
चाेटा चाेटामा बैठक बस्थ्याे पार्टीकाे
काेठा काेठामा भाग लाग्थ्याे माथिकाे
व्वाइलर हुन्थे त्यहाँ, हरामका तेलिया
सडकमा रून्थे यहाँ, फर्जीका जुकाम ।
जुँगा थ्याे, जाँगर थिएन ।
जाँगर थ्याे, जुँगा थिएन ।
बबुराे बर्बराउँथ्याे, लज्जाले
पुर्पुराे ठटाउँदथ्याे, इच्छाले
भाेक थिए, भित्ता पनि थिए
भाव शून्य थे एकाएक त्यहाँ,
बुध्दु शान्ति थ्याे पाटीमा !
मूर्धा शान्ति थ्याे पार्टीमा !!
सिध्दान्तकाे अाैकात खाेज्न
पुस्तकालयकाे कक्षमा हुन्थे, म ।
सत्य शक्ति खाेज्न शाेधमा बस्थेँ ।
पुराना पुस्तकमा धमिरा भेट्दथेँ,
पन्नामा च्यापिएका कर्ता हेर्दथेँ ।
खटिराकाे उकुचमा त्यसै त्यसै
पाप्रिएकाे खाटाबारे चिन्ता गर्थे ।
उ माथ सम्झन्थ्याे, मठाधीश भन्थ्याे,
सिध्दान्त थे, शक्ति जागिरहेथ्याे मनमा ।
हलीसँग उस्का हवाला थे,
पुच्छरका शैल शीतल ताप्थे ।
बस ! जमिन जाेतिने हाे, जाेतिन्थ्याे ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x