साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माटाेका कुरा गराैँ

आज मनको कस्सिएको गाँठोका कुरा गराैं अलिकति मेल र अलिकति फाटोका कुरा गरौं आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

सधैं त होटेलमा विदेशी खानाकै कुरा भो
विभिन्न भोजमा टन्न पिउने बहानाके कुरा भो
घर सम्झेर आज कस्तोकस्तो भइरहेछ मेरो मन साथी !
आज फाफरको साग र आटोका कुरा गरौं
धेरै टाढा आइएछ, घर-आँगन पुग्ने बाटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !

नशाले मात्तिएपछि जीउँतो ? नाच र पपगाना भो सधैं
तर मन नाचेन, कस्तो निष्‌प्रभाव तराना भो सधै ।
आज किन हो किन त्यसै भरङ्ग भइरहेछ मेरो मन
बरु मेलामा नाच्ने मङ्गली र गाउँले केटोका कुरा गरौं
आफ्नै वनपाखा घन्काउने सुन्तली र घर्ति जेठोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं।

बोलीव्यवहार र पहिरनमा सभ्यता थप्दाथप्दा
आफ्नै पहिचान ने बिर्सिएछ कि स्वार्थ जप्दाजप्दा !
घरबाट निर्वासित भएको पनि धेरै समय बितेछ,
आज त सान्नानीको गुन्युचोलो र बिर्खेसाइँलाको
छड्‌के टोपी र कछाड भोटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !

भावहीन पराई सामु मनको भाव बोल्नै सकिएन
पीरले दुखेको छाती उदाङ्गो पारी खोल्नै सकिएन
नहाँसेको पनि धेरै भयो, कतै खुल्न सक्छ कि ? साथी !
आज मनको कस्सिएको गाँठोका कुरा गराैं
अलिकति मेल र अलिकति फाटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !

जरा त्यहीँ गाउँमा छ, मधेस-पहाडबाट यहाँ धाएको
लाहुर ! यहाँ त हामी आफ्नै लिलाम बोल्न आएको
कोलाहल छ तर एक्लोपनले नियास्रो भइरहेछ मन
त्यसैले गाउँको चौतारी र गोरेटो-दोबाटोका कुरा गरौं
लेकबेंसी, खोला, खर्क र गल्छेडा-नेटोका कुरा गरौं
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौं !!

०००
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x