साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्य पात्र !

जन-विश्वास घट्दैछ घृणाका पात्र हाै बरु तुच्छ छौ र त टिप्दैछौ विदेशी कनिकाहरू ! स्वाभिमान गुमाएका स्वत्व-नैतिकता पनि धिक्कार छ तिमीलाई ! योभन्दा भन के दिने ?

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

नृप फालेर के नौला बनेका भूप हाै तिमी ?
यद्वा जोकर झैँ लाग्ने नमुना खूब हाै तिमी !
गरेनौ काम क्यै मौका तिमीसँग थियो जब
भरोसा गर्न सक्ने खै रह्यो आधार के अब ?

योग्यता भन के तिम्रो ? दल, बण्डा र चाकरी ?
राजनीति भयो तिम्रो मानौं कमाउ-नोकरी !-
साँढेसरि जुधाएर तमाशा हेर्न खोज्दछौ
टुक्राटुक्रा बनाएर नेपाली-मन भाँच्दछौ !

हुलेर धमिलो बाढी राजनीति चलाउँछाँँ
तिमी आफ्ना विरोधीका घर-छाप्रा जलाउँछाैँ !
यता भाषण अर्कै छ उता कर्म छ निर्घिनी
कसरी चटके जस्ते बदल्छाै रूप यो तिमी ?

भन्छो थामिरहेका छौं देशको भार बेसरी
हास्यका पात्र बन्दैछाै हुटिट्याउँ भएसरि !
भरोसा कसरी गर्ने ? छाै दरिद्र विचारका
बोली लागिरहेकै छ विक्री-वस्तु बजारका !

जन-विश्वास घट्दैछ घृणाका पात्र हाै बरु
तुच्छ छौ र त टिप्दैछौ विदेशी कनिकाहरू !
स्वाभिमान गुमाएका स्वत्व-नैतिकता पनि
धिक्कार छ तिमीलाई ! योभन्दा भन के दिने ?

०००
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x