साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव आउँदै छ हजुर !

त्यसाेभए कान थापेर धैर्यसाथ भीषण भाषणहरू सुन्नुहाेस् सबै पार्टीका लामा-लामा घाेषणापत्र पनि एकपल्ट पूरै पढ्नुहाेस् ! चुनाव आउँदै छ हजुर !!

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

बर्सेनि सयाैँ बिघा खेत काट्ने नदीमा
याे वर्ष तटबन्ध बन्दै छ,
अझ खुसीकाे कुरा,
याेजनामा परिसक्याे रे –
यस विकट नदीमा
अब पुल पनि बन्दै छ !

घर-घर, छाप्रा-छाप्रामा
बिजुली र धारा पुग्दै छ,
भाेक, राेग र गरीबी अब
पातालभित्रै लुक्दै छ,
हाम्रा दुःखका दिन गए
भरपूर खुसी आउँदै छ साथी हाे !
हाम्राे देश अब छिटै
सिङ्गापुर र स्विट्जरलैण्ड बन्दै छ !

किन ओठ लेप्य्राएकाे ?
विश्वास भएन ?
त्यसाेभए कान थापेर धैर्यसाथ
भीषण भाषणहरू सुन्नुहाेस्
सबै पार्टीका लामा-लामा घाेषणापत्र पनि
एकपल्ट पूरै पढ्नुहाेस् !
चुनाव आउँदै छ हजुर !!

०००
दाङ
(तिमी नरहे देश डुब्न्याछ-२०५६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x