साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुर्की

उच्च जीवनशैली छ धनको भोक मात्र छ आफू मात्र सही बाँकी सबैको दोष देख्दछ जनता निमुखा लाटो ठानेरै भ्रान्ति छर्दछ सत्तामा भाग खोज्नेले कसरी क्रान्ति गर्दछ ?

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

झगडा पनि त्यै गर्छ द्वन्द्व वा युद्ध नै पनि
संझौता पनि त्यैबाट घुर्की तानाहरू पनि
आफैं धामी र बोक्सीको भूमिका उ निभाउँछ
ढाँटेरै जनतालाई गुमराह बनाउँछ !

स्वप्न छर्दछ आस्थाको आफैं खस्दछ खालमा
उन्मुक्तिका कुरा गर्छ आफैं पर्दछ जालमा
नचाएँ भन्छ लौ आफैं इसारा मिल्छ नाच्दछ
उज्यालोको कुरा गर्दै भ्रम ओढेर बाँच्दछ !

निर्लज्ज भै कुरा गर्छ आफ्नो त्यो मोहभंगको
पीडा हजार खप्दै छन् जनता स्वप्नभंगको
खेलाडी क्रूर झैँ हाम्रो भावनासँग खेल्दछ
विश्वास छैन आफैंमा क्रान्तिको ध्वाँस पेल्दछ !

उच्च जीवनशैली छ धनको भोक मात्र छ
आफू मात्र सही बाँकी सबैको दोष देख्दछ
जनता निमुखा लाटो ठानेरै भ्रान्ति छर्दछ
सत्तामा भाग खोज्नेले कसरी क्रान्ति गर्दछ ?

०००
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x