साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटकेहरुको सेवा गरौँ

अहङ्कारको पर्खालले देशलाई उकाला लाउने भो खोर्सानीका बिरुवामा आँप र सुन्तला फलाउने भो चटकेले यो देश चाँडै नै अब उकाला लाउने भो ।।

Nepal Telecom ad

हाेम सुवेदी :

चटकेले देश बनाए
भीमसिने झैँ गनाए
संसारमा नभएको जात्रा
नेपालभित्रै मनाए ।
चटके गाउँघरमा आएका छन्
झोलेले भाउ पाएका छन्
अस्तिसम्म अस्ताउने
अहिले देशमा उदाएका छन्
कसैले मकै भुटेका छन्
कुनै खलामा जुटेका छन्
कुनै चटके दाउ थापी
गफको उरुङ चुटेका छन्
केही चटके आएर
छोरी दिन्छु भन्दैछन्
घरमा कति भोट छ भनी
चटकेहरु गन्दैछन्
कोही रत्यौली खेल्दैछन्
कोही रोटी बेल्दैछन्
आफ्नो मुखको फोहोरलाई
माला र खादाले छेल्दैछन्
कोही गोबर सोर्दैछन्
अर्काको भोट चोर्दैंछन्
कोही झम्पट चटके
आफ्नै भाग्य कोर्दैछन् ।
एउटा चटके आएर
घरघर ग्यास बाँड्दैछ
बढेका उसका शत्रुको
इलामे झार फाँड्दैछ
होस गर्नु साथीहो
दारुको खोलो बगाउला
तरुनी छोरी घरकी
सुटुक्क कतै भगाउला
पेट भरी धोक जँड्याहा हो
फर्केर जँड्याहा त्यो आउला
तिम्रो इच्छा अनुसार
जाँडको खोलो बगाउला
अरु पनि चटके आएका छन्
दोहोरी गीत गाएका छन्
कसैको थोत्रो कटेरो
यही मौकामा छाएका छन्
भोटको लागि हाब्रे मुख
ओडार जस्तो बाएका छन्
स्वर्गै पार्छु देश भनी
मनपरि कसम खाएका छन्
दिउसोको कुरा परैरहोस्
रात साँझ धाएका छन्
यो बेला देशमा चटके
छिचिमिरा झैँ पलाएका छन्
कसैले ग्यास घरघरमा
गफको तालमा पुर्या्एका छन्
कसैले लाखे नाच देखाई
नाचेर जात्रा मनाएका छन्
चटके घर घर धाएका छन्
गल्ली गल्ली आएका छन्
मुखुन्डो बिरुपी लाएर
लाखे जात्रा मनाएका छन्
होस गर हे साथीहो
मेचीमा जहाज चलाउने भो
अम्बामा स्याउ फलाउने भो
देशभित्र स्वर्ग आउने भो
चटकेले देश बनाउने भो
जात्रामा जात्रा मनाउने भो
भीमसिने बोको गनाउने भो
मेची र कालीसम्म कुद्ने
रेल गाडी बनाउने भो ।
देशमा पानीजहाज आउने भो
अहङ्कारको पर्खालले
देशलाई उकाला लाउने भो
खोर्सानीका बिरुवामा
आँप र सुन्तला फलाउने भो
चटकेले यो देश चाँडै नै
अब उकाला लाउने भो ।।

०००
भद्पुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
विभुषण पाउनेमा

विभुषण पाउनेमा

संप्रस पाैडेल
खरानीको होली

खरानीको होली

फित्काैली डटकम
मान्दैन मेरो मन

मान्दैन मेरो मन

बालकृष्ण खनाल
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x