साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्लू हुँदैछन् अझै

बाख्रा बाघ सँगै हुँदैन कहिल्यै, नाता लगाए पनि । बाख्राको खुन चुस्छ बाघ दिनकै, टन्नै अघाए पनि।। ए उल्लू जन हो अझै पनि तिमी, सामन्त खोज्छौ किन ? बोल्दा झेल परी मरे कतिजना, बिर्सी सक्यौ ती दिन ? ।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

बाख्राले जब बाघको नजिकमा, देखेर मामा भन्यो।
बाख्रो देख्छ र बाघले मनमनै, आहार भेटेँ भन्यो।।
हाँस्यो बाघ खुसी हुँदै गदगदी, भान्जा निकैछौ भनी ।
तिम्रा बाउ बराजु भाइ बहिना, सोध्यो कहाँ छन् भनी।।१

भेट्ने ईक्ष भयो मलाइ सबको, भन्दै मुसारी रयो।
बाख्रो मख्ख परेर घात नबुझी, लौ हुन्छ भन्दै गयो।।
बाख्राको हुलमा पसेर सबको, नाता लगायो पनि।
राजा बन्छु म शासन गरौँ, मामा र भान्जा बनी।।२

गर्दै दन्डित गो सिधा ति बिचरा बाख्राहरूको अब।
फाँसी भो कतिको बिना कसुरमा, दन्डित् हुँदैछन् सब।।
बाख्राले बिचरा परे बिपतमा, विश्वास गरे बाघको।
आई आँङ कन्याउदैछ अहिले, सामन्त नेपालको।।३

कोही भर्म नपर्नु राजनीतिमा, नाता लगाई कन।
के देखिन्छ र भित्र सोच जनको, कस्तो छ कस्तो मन।।
गर्नैपर्छ निधो भविष्य समको, सोची बिचारी कन।।
गर्ने हैन हतार धैर्य गरदा, हुन्छौ सफल् सज्जन।।४

बाख्रा बाघ सँगै हुँदैन कहिल्यै, नाता लगाए पनि ।
बाख्राको खुन चुस्छ बाघ दिनकै, टन्नै अघाए पनि।।
ए उल्लू जन हो अझै पनि तिमी, सामन्त खोज्छौ किन ?
बोल्दा झेल परी मरे कतिजना, बिर्सी सक्यौ ती दिन ? ।।५

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x