साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल डस्ने लुतो

लाग्यो है ऋण मात्र धेर ढुकुटी रित्तो भयो यो घरी बल्झ्यो रोग झनै बढेर फिँजियो पाप्रो बन्यो बेसरी कोट्याएर सखाप हुन्छ कसरी झैँ कर्द धस्ने लुतो ? हे ! कण्डारक लौ बिमाग गर है नेपाल डस्ने लुतो॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

धाएँ डाक्टर वैद्यको शरणमा लेखे सयौँ ओखती
लाएँ औषध वर्ष छत्तिस अझै आएन मन्दी रती
साह्रै पोल्छ कडा छ गुप्त तनमा फैलेर पस्ने लुतो
हे ! कण्डारक लौ बिमाग गर है नेपाल डस्ने लुतो॥१

फोका उठ्छ चिलाउँदैछ जिउमा गर्दैन मुर्झाउने
बाह्रै मास कन्याउँने कति गरौँ झन् गर्छ टट्टाउने
आलो रक्त नि तप्प तप्प बहुतै तप्केर खस्ने लुतो
हे ! कण्डारक लौ बिमाग गर है नेपाल डस्ने लुतो॥२

हेर्दा बाहिर छैन भित्रतिर पो अड्डा जमाई बस्यो
आफू मात्र बढेर झाँगिन गयो घाँटी अरूको कस्यो
छोडी थोर करोड अर्बतिर झन् पल्केर फस्ने लुतो
हे ! कण्डारक लौ बिमाग गर है नेपाल डस्ने लुतो॥३

धेरै डाक्टर वैद्य छन् मुलुकमा चर्चा चलेका जता
सक्दैनन् उपचार गर्न तृण नै के काम त्यो दक्षता ?
केही औषधले बिसेक नहुने फैलेर बस्ने लुतो
हे ! कण्डारक लौ बिमाग गर है नेपाल डस्ने लुतो॥४

लाग्यो है ऋण मात्र धेर ढुकुटी रित्तो भयो यो घरी
बल्झ्यो रोग झनै बढेर फिँजियो पाप्रो बन्यो बेसरी
कोट्याएर सखाप हुन्छ कसरी झैँ कर्द धस्ने लुतो ?
हे ! कण्डारक लौ बिमाग गर है नेपाल डस्ने लुतो॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x