साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही थाहा थिएन

देश थाहा थिएन जनता थाहा थिएन उनीहरुलाई आफ्नो गल्ती थाहा थिएन गल्ती गरेपछि माफ माग्नुपर्ने कुरा थाहा थिएन हो उनीहरुलाई केही थाहा थिएन ।

Nepal Telecom ad

भाेलानाथ सुवेदी :

कसले आदेश दियो
त्यो पनि थाहा छैन
गोली कसले चलायो
त्यो पनि थाहा छैन
सडकमा को आयो
त्यो पनि थाहा छैन
आन्दोलन किन भयो
त्यो पनि थाहा छैन
सरकार कसको थियो
त्यो पनि थाहा छैन
भागेर को हिँड्यो
त्यो पनि थाहा छैन
तपाईँ भन्दामाथि को थियो
त्यो पनि थाहा छैन
तपाईँ को हो
त्यो पनि थाहा छैन
केही थाहा नहुनेहरू
आजसम्म सरकारमा रहेछन्
तिनीहरूलाई
भ्रष्टाचार पनि थाहा थिएन
बेइमानी पनि थाहा थिएन
अहङ्कार अहमता पनि थाहा थिएन
रातिको सपनाले
दिनभर बरबराएको
कुरा थाहा थिएन
केही थाहा नभएका उनीहरूलाई
देश थाहा थिएन
जनता थाहा थिएन
उनीहरुलाई आफ्नो गल्ती थाहा थिएन
गल्ती गरेपछि
माफ माग्नुपर्ने कुरा थाहा थिएन
हो उनीहरुलाई
केही थाहा थिएन ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x