फित्काैली डटकमराष्ट्रव्यापी खुला कविता प्रतियोगितामा सुन्दर शिरीष प्रथम
उत्कृष्ट २० जना मध्येबाट अन्तिम चरणमा प्रथम सुन्दर शिरीष सिन्धुपाल्चोक, द्वितीय सुवास सजन हेटौंडा, तृतीय सुजन घिमिरे धनगढी र सान्त्वना पुरस्कार रूपक जमरा सिन्धुली एवम् दुर्गा खतिवडा काठमाडौका कविता विजयी घाेषित भइ पुरस्कार प्राप्त गरे ।

भक्तपुर, २०८० फागुन २८ गते चाँगुनारायण साहित्य समाजले गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता सम्पन्न भएकाे छ ।
उत्कृष्ट २० जना मध्येबाट अन्तिम चरणमा प्रथम सुन्दर शिरीष सिन्धुपाल्चोक, द्वितीय सुवास सजन हेटौंडा, तृतीय सुजन घिमिरे धनगढी र सान्त्वना पुरस्कार रूपक जमरा सिन्धुली एवम् दुर्गा खतिवडा काठमाडौका कविता विजयी घाेषित भइ पुरस्कार प्राप्त गरे ।
रामगोपाल आशुतोषज्यूले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा समाजका अध्यक्ष लालबहादुर भुजेल अध्यक्ष, प्रमुख अतिथि इतिहासविद् प्रा.डा. दिनेशराज पन्तज्यू, विशिष्ट अतिथि चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मन्दिरका मूल पुरोहित चक्रधानन्द राजोपाध्याय, प्राडा रामप्रसाद ज्ञवाली एवम् अतिथिमा शङ्कर मानन्धर,पूर्व जिविस समन्वय समितिका सभापति नवराज गेलाल, ४ नं वडाध्यक्ष रोजबहादुर तामाङ, ३ नं वडाध्यक्ष श्यामसुन्दर धिमाल हुनुहुन्थ्यो भने निर्णायक मण्डलमा प्रा.डा. देवी नेपाल, डा. विप्लव ढकाल र डा. गीता त्रिपाठी हुनुहुन्थ्यो ।
राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा सहभागी सम्पूर्णलाई समाजका आजीवन सदस्य रामशरण न्यौपानेले स्वागत भाषण गर्नुभएको थियो ।
चाँगुनारायण स्मारिका लोकार्पण गरेर आजका प्रमुख अतिथिले कार्यक्रमको विधिवत उद्घाटन गर्नुभयो । त्यस पश्चात् आजको मूल कार्यक्रमतर्फ प्रवेश गरी ५/५ जना कविहरूको कविता वाचन प्रारम्भ गरियो । प्रथम चरणमा क्रमश: कवि कल्पना काफ्ले, कृष्णप्रसाद पौडेल, गोविन्द कँडेल, डिल्लीराम ढकाल र दुर्गा खतिवडा हुनुहुन्थ्यो ।
त्यसपछि अतिथि शङ्कर मानन्धरज्यूको मन्तव्यपछि पुनः ५ जना कविहरू देवेन्द्र खरेल, प्रकाश बस्नेत गफाडी, हृदयेश पराजुली, विक्रम चेतनशील राई, बाबुराम श्रेष्ठ यात्री हुनुहुन्थ्यो । यो समूहका प्रकाश बस्नेत र हृदयेश पराजुली अनुपस्थित रहनु भयो ।
यसपछि कवि बि के माकाजूको पर्खाल कविता सङ्ग्रहको विमोचन भयो । त्यसपछि कविहरूको तेस्रो समूह सुरु भयो । जसमा भोलानाथ सुवेदी, मणिराम कँडेल, मोतिराम बम, रवि सुवेदी र डा. सीता सुवेदी पन्थी हुनुहुन्थ्यो ।
महाकाव्यकार डा. रामप्रसाद ज्ञवालीको साहित्य सम्बन्धी सारगर्भित मन्तव्यपछि विशिष्ट अतिथि चाँगु नगरपालिका प्रमुख जीवन खत्रीले साहित्य उत्थानमा चाँगुनारायण नगरपालिका लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसपछि प्रतियोगी कविहरूको अन्तिम चरण सुरु भयो जसमा विकास अधिकारी शैलपुत्र, सुवास सज्जन, सुन्दर शिरीष, सुजन घिमिरे र रूपक जमरा हुनुहुन्थ्यो ।
कविता वाचन सकिएपछि मायाको चिनो आदानप्रदान गरियो भने विशिष्ट अतिथि मन्दिरका मूल पुरोहितबाट चाँगुनारायणको उत्त्पति र मन्दिरस्थापनाको बारे गलत कुरा लेखिँदै आएको भन्दै यथार्थ जानकारी दिनुभयो ।
साथै एम पी पाण्डेबाट कविता, विष्णु सिवाबाट गीत, डा. गीता त्रिपाठीबाट गीत एवम् डा. विप्लव ढकालबाट आआफ्ना रचना वाचन भए ।
प्रमुख अतिथिबाट चाँगुनारायणको यथार्थता के हो भन्ने बारे र साहित्यको महत्त्व दर्शाउनु भएको थियो । यसका साथै प्रा.डा. देवी नेपालज्यूले निर्णायक मण्डलको संयोजकको नाताले कविताको समष्टिगत मूल्याङ्कन गर्दै नतिजा सञ्चालकज्यूलाई हस्तान्तरण गर्नुभयो ।
पुनः मायाको चिनो आदानप्रदान पश्चात् सञ्चालनकले सबै कविहरूलाई प्रमाणपत्रका निम्ति बोलाउँदै प्रतियाेगिताकाे परिणाम घोषणा गर्नुभयो । पुरस्कृत कविहरूलाइ नगद पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरियाे ।
अध्यक्षबाट चाँगुनारायण गरपालिका, नारायणी शङ्कर मानन्धर संस्था, एभरेस्ट इङलिस स्कुल,चट्याङ मास्टर लगायत सहयोग गर्ने संस्था र व्यक्तिप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।
साहित्यकारहरूले खचाखच भरिएको कार्यक्रममा चिया नास्ताको राम्रो व्यवस्था गरिएको थियो ।
०००
– कविराज घिमिरेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest









































