साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सङ्‍गम मकवानपुरले ७ जना स्रष्टालाई सम्मान गर्ने

सङ्गममा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू मध्येबाट वि.सं. २०८० मा प्रदान गरिने सम्मानहरूका लागि सम्मान छनौट समितिले गरेको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरेको हो ।

Nepal Telecom ad

मकवानपुर, २०८० फागुन २८, सोमबार । साहित्य सङ्‍गम मकवानपुरले ७ जना साहित्य सर्जकहरूलाई सम्मान गर्ने भएको छ ।

सङ्गममा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू मध्येबाट वि.सं. २०८० मा प्रदान गरिने सम्मानहरूका लागि सम्मान छनौट समितिले गरेको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरेको हो ।

रु. १५ हजार ५५५ राशिको ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईँ सम्मानित हुनु हुनेछ । शर्मा हास्य तथा अन्य टेलिश्रृङ्खलामा अभिनयमा सक्रिय हुनुहुन्छ । साथै उहाँलाई समर्पण गरिने पुरस्कार तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा स्थापना गरिएको हो ।

रु. १५ हजार ५५५ राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित हुनु हुनेछ । सो सम्मान साहित्य सर्जक विशाल अधिकारी आशुतोषले स्थापना गर्नु भएको हो ।

रु. १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित हुनु हुनेछ । सो सम्मान साहित्यसेवी तथा बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदी तथा शिक्षक सुनिता सुवेदी दम्पत्तिले स्थापना गर्नु भएको हो ।

रु. १० हजार राशिको ‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा विश्वनाथ सञ्जेल सम्मानित हुनु हुनेछ । सो सम्मान हेटौँडाका (हाल अमेरिका निवासी) दीपक मुडवरीले स्थापना गर्नु भएको हो ।

रु. १० हजार राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी स्रष्टा भावना सापकोटा सम्मानित हुनु हुनेछ । उहाँ आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुनुहुन्छ । सो सम्मान हेटौँडाका देवप्रसाद श्रेष्ठले स्थापना गर्नु भएको हो ।

रु. १० हजार राशिको ‘मुक्ति-तारा सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा सानुभाइ विश्वकर्मा सम्मानित हुनु हुनेछ । सो सम्मान हेटौँडाका साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गर्नु भएको हो ।

रु. १० हजार राशिको ‘रामहरि-देवु सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा किशन पौडेल सम्मानित हुनु हुनेछ । उहाँ लघुकथा चौतारी मकवानपुरका अध्यक्ष हुनुहुन्छ । सो सम्मान हेटौँडाका साहित्यिक स्रष्टा, अधिवक्ता ऋषि केबी र शिक्षक पूण्यशिला श्रेष्ठ दम्पत्तिले स्थापना गर्नु भएको हो ।

सोमबार बसेको कार्यसमितिको बैठकले आगामी चैत्र १० गते साहित्य सङ्गम तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त भवनमा एक कार्यक्रमबीच ती सम्मान समर्पण गरिने सङ्‍गमका सचिव मनोज पोखरेलले जानकारी दिनुभयो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x