साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेलाई हास्यव्यङ्ग्य पुरस्कार

रु पचिस हजारकाे सावित्रादेवी -अच्युतप्रसाद खतिवडा हास्यव्यङ्ग्य पुरस्कार हास्यव्यङ्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने निर्णय गरेको छ ।

Nepal Telecom ad

विरानगर, २०८० फागुन २८ । सावित्रादेवी- अच्युतप्रसाद खतिवडा सेवा प्रतिष्ठान विराटनगरले २०८० सालको सावित्रादेवी -अच्युतप्रसाद खतिवडा हास्यव्यङ्ग्य पुरस्कार हास्यव्यङ्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेलाई प्रदान गरिने निर्णय गरेको छ ।

यसैगरी सावित्रादेवी- अच्युतप्रसाद खतिवडा संस्कृति पुरस्कार त्रिपुरेश्वर महादेव मन्दिर रूपनगर, सप्तरीलाई प्रदान गर्ने भएको छ ।

उक्त पुरस्कारको राशि क्रमश: रु पचिस हजार र पन्ध्र हजार रहेको छ ।

यी दुवै प्रतिष्ठानका अध्यक्ष बाबुराम खतिवडाको अध्यक्षता बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

पुरस्कार आगामी चैत्र १० विराटनगरमा समर्पण गरिने छ । सो अवसरमा हास्यव्यङ्ग्य कविगोष्ठीको समेत आयोजना गरिने छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x