साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चमत्कार

ठेक्काको निहुँमा धमाधम सबै नाफा मुनाफाहरू बाँड्दै खान सिकेर आज अगुवा यी भ्रष्ट नेताहरू नेपाली पन बिर्सिएर यसरी जाली भएका किन डाकाको अवतार धारण गरे सत्ता पुगेको दिन ।

Nepal Telecom ad

तुलसीप्रसाद भट्टराई :

नेता भ्रष्ट भएर देश लुटियो वैरीहरू लम्किए
हत्यारा पनि जेल मुक्त बनिए गुण्डाहरू चम्किए
कानूनी अवधारणा मुलुकको धज्जी उडे झैँ भयो
हाम्रो न्याय तराजु बेचिन गए अस्तित्व केमा रह्यो ।

दुःखीका घर झोपडी पनि जले बस्ती कटेरा भए
सत्ता भित्र छिरे पछाडि किन हो नेता खटेरा भए
काण्डैकाण्ड भएर देस भरको सम्यन्त्र ध्वस्तै गरे
मन्त्री मेच घुमाउँदै सदनमा आनन्दले बस्छरे ।

बाडीले जनता पुगे बगरमा देख्दैन सत्ता किन
नेता दैनिकपुग्छ त्यो सदनमा फर्छ्यौट भत्ता लिन
छाप्दैछन् अखबार दैनिक कुरा नारी बलात्कारका
केही हुन्न सजाय मात्र हनुमान् भए चमत्कारका ।

भोकै छन् जनता परे कहरमा सन्त्रास सन्त्रास छ
केही निणर्य हुन्छ त्यो सदनमा भन्ने ठूलो आश छ
राम्रो दर्शन मार्क्स चिन्तन लिने नेतृत्वको शासन
लाजै मर्नु गरे दलाल बनिए लूटे सबै रासन ।

ठेक्काको निहुँमा धमाधम सबै नाफा मुनाफाहरू
बाँड्दै खान सिकेर आज अगुवा यी भ्रष्ट नेताहरू
नेपाली पन बिर्सिएर यसरी जाली भएका किन
डाकाको अवतार धारण गरे सत्ता पुगेको दिन ।

सत्ताको मद मानले चयनले बिर्से हिजोका कुरा
सेनाको प्रहरी जवान हुलको लिन्छन् सुरक्षा पुरा
नेता हो जनवादको यदि भने यत्रो सुरक्षा किन
अर्को भोट हुँदा बखान गरने नारा कुनै देख्दिनँ ।

०००
बिर्तामोड -५, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषाको गरिमा राख्न

भाषाको गरिमा राख्न

तुलसीप्रसाद भट्टराई
पछुतो

पछुतो

तुलसीप्रसाद भट्टराई
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
किन आँउथे ?

किन आँउथे ?

तुलसीप्रसाद भट्टराई
होला र के उन्नति

होला र के उन्नति

तुलसीप्रसाद भट्टराई
चुराले बितायो

चुराले बितायो

तुलसीप्रसाद भट्टराई
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x