साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन आउँथेँ ?

आजभोलि युवतीले, आधा अङ्ग नदेखाए लखर लखर युवाहरू, हाट भर्न किन आउँथेँ ?

Nepal Telecom ad

तुलसीप्रसाद भट्टराई :

पुतलीले बत्ती भित्र, डढी मर्न किन आउँथेँ
रूपै शत्रु न’भा रावण, सीता हर्न किन आउँथेँ ?

किरातिनी देखेपछि, पार्वतीलाई बिर्सिएर
किराँती भै शिव पनि, बिहार गर्न किन आउँथेँ ?

विश्वभरकी सबैभन्दा, राम्री पत्नी जालन्धरकी
नत्र विष्णु वृन्दासँग, एकछिन चर्न किन आउँथेँ ?

कृष्ण पनि अतिसुन्दर, तिनैलोक मोहित पार्ने
नत्र सबै गोपिनीले, शरण पर्न किन आउँथेँ ?

पाँच पाण्डव महा वीर पतिहरू द्रौपदीका
कौरवहरू महाभारत लडाइँ लर्न किन आउँथेँ ?

आजभोलि युवतीले, आधा अङ्ग नदेखाए
लखर लखर युवाहरू, हाट भर्न किन आउँथेँ ?

मलाई पनि निक्कै राम्रो, देखिएछ आजभोलि
होइन भने कान्छीहरू, डेरा सर्न किन आउँथेँ ?

०००
बिर्तामोड, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भाषाको गरिमा राख्न

भाषाको गरिमा राख्न

तुलसीप्रसाद भट्टराई
पछुतो

पछुतो

तुलसीप्रसाद भट्टराई
किन आँउथे ?

किन आँउथे ?

तुलसीप्रसाद भट्टराई
होला र के उन्नति

होला र के उन्नति

तुलसीप्रसाद भट्टराई
चुराले बितायो

चुराले बितायो

तुलसीप्रसाद भट्टराई
चमत्कार

चमत्कार

तुलसीप्रसाद भट्टराई
0
Would love your thoughts, please comment.x
()
x