साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होला र के उन्नति

बाह्रै मास गरेर मुण्डन सफा सानो शिखा छोडनु दाह्री काट्नु चटक्क दैनिक जसो चिल्लो गरी मोडनु टोपी चन्दन अस्त्र हो पुरुषको सौन्दर्य झल्काउने राख्ने चुस्स गरे जुँघा पुरुषले गाम्भिर्यता ल्याउने ।

Nepal Telecom ad

तुलसीप्रसाद भट्टराई :

दाह्री पाल्छ कपाल पार्छ जगटा काट्दैन नङ्ग्रा पनि
कस्तो सभ्य भनिन्छ यो तरहले मान्छे अनौठो बनि
दाह्री केश ठुलो भएर कसरी विद्वान बन्ला नर
दाह्रीमा र कपालमा पुरुषको शिक्षा लुकेको छ र ?

पाल्थे रे ऋषिले भनेर अहिले देला कुनै उत्तर
बस्थे जंगलमा गएर ऋषि ता मान्छे कहाँ सक्छ र
हावा मात्र पिएर मस्त सँगले बस्थे महात्मा जन
के सक्ला र मनुष्य गर्न त्यसरी अभ्यासको साधन ?

ठूला तान्त्रिक शिद्धहस्त तपसी ध्यानीहरू सम्मत
हामी मानिसमा छ ताकत कहाँ पुग्ला र के हिम्मत
मात्रै नक्कल गर्दछौँ मनुजले सक्ने कुराको जति
बिर्सिन्छौ असली कुरा भुवनमा होला र के उन्नति ?

बाह्रै मास गरेर मुण्डन सफा सानो शिखा छोडनु
दाह्री काट्नु चटक्क दैनिक जसो चिल्लो गरी मोडनु
टोपी चन्दन अस्त्र हो पुरुषको सौन्दर्य झल्काउने
राख्ने चुस्स गरे जुँघा पुरुषले गाम्भिर्यता ल्याउने ।

योगाध्यान महत्त्व पूणर् बिधि हो आरोग्यको साधना
भान्सा शुद्ध गरेर खान्छ जसले पुग्ला मनोकामना
आफ्नो देह सधैं नियन्त्रण गरे टर्ला अरू दुर्गति
दाह्री मात्र बढेर झ्याम्म बनिदा होला र के उन्नति ?

०००
बिर्तामोड ५ झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषाको गरिमा राख्न

भाषाको गरिमा राख्न

तुलसीप्रसाद भट्टराई
पछुतो

पछुतो

तुलसीप्रसाद भट्टराई
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
किन आँउथे ?

किन आँउथे ?

तुलसीप्रसाद भट्टराई
चुराले बितायो

चुराले बितायो

तुलसीप्रसाद भट्टराई
चमत्कार

चमत्कार

तुलसीप्रसाद भट्टराई
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x