साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोशाकको फुर्ती

केटाकेटीले पापा बुझेझैँ पोशाकले चरण चरणाम मानिसलाई बुढो थ्री पिसले सुन्दर मात्र पार्दैन व्यक्तित्व पनि झल्काउन सहयोग गर्छ नै तर यसको विरोध गरेर कालोमोचनमा खरानी घसेर बस्न सकिँदैन ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

उहिलेको पोशाक खुइलिए अहिलेको फैलिए । पोशाक लाएर कतै आँखा भयानक चम्काइयो कतै अनुहार झम्काइयो कतै दाँत तिखारियो । हेर्नुस पोशाकले मानिसलाई कति भद्र बनाउँछ सबैलाई थाहा भएको कुरो हो । मानिसले मानिसकै लागि उन्न तयार पारेको पोशाकको बयान गरि साध्ये छैन । सुशील पोशाकको प्रताप बारे नजान्ने को होला । यो उपहास गरको कुरो होइन । कति शोभा दिन्छ । पोशाक पाएपछि पोथी पनि भाले झैँ बास्न थाल्छ । ठुटे खुट्टा पनि भर्‍याङ बन्छ । यस्ले टुटेको मित्रता मात्र गाँस्दैन । सानो पेटबाट शिरसम्म ढाक्छ जुन भनिसाध्य छैन पोशाक लाएपछि मानिस कति खुल्छ भनेर ।

चालिसमा चाउरेको गाला कति मजाले खुशीले तन्किन्छ । रूप पनि मनिझैँ मस्ताना र गजब हुन थाल्छ । पोशाक भनेको भाले पोथी छुट्टिने सभ्यताको फुर्ती देखाउने जड पनि हो । यो मानिसलाई मापन गर्ने डाक्टरको यन्त्र जस्तै जस्तै हो । म पनि ताउलोमा हाल्ने जाउलो नभए पनि यसलाई जनतको जरो समाएर सुरक्षा गरिहेको हुन्छु । म सम्झन्छु यो जनम जनम जन्मछ ।

मैले पनि विगतमा सही ढङ्गले पहिरन गरेर पोशाक ढल्काउन नजान्दा “पुरानो कोट लाउ नयाँ पुस्तक किन” थोरोको भनाई भूलेर बनिसकेको कति काम साटसुट बिगारेको छु । काम चाहिँ भुलेको छु । अफिस जाने अवगत हुँदा हुँदै घरकै थात्रो पोशाकमा गएको छु । साथीको पोशाक ठानी परचक्रीलाई धनुष्टङ्कार नमस्ते गरको छु । कहिलेकाहीँ उल्टो पोशाक लाएर शहर बजार पसेको छु । चर्पी जाने कछाड लाएर भाछामा भात हसुरेको छु । यिनै कुराबाट मलाई पनि लाजको पसारो मात्र भएन कालो निलो भएको छु ।

टोले तरकारी बजार जादा सुटको कट्टुमा गएको छु । गतिलो पोशाक नहुँदा जन्तीमा खन्तीराम भएर जान अरुको जड्यौरी भिरेर गएको छु । भनेजस्तो फिट हुने पोशाक नहुदा दशैँतिहार देउसी भैलोमा उपस्थित हुन नसकी सभ्य र भव्य समय गुमाउनु परेको कुरा सम्झेर अहिले पनि झसङ्ग हुन्छु । पोशाक व्यापारी राम्ररी नचिन्दा ठगाहाबाट ठगिन पुगेको छु । नेताले लाउने पोशाक एक रूप नदेखेर राष्ट्रिय पोशाकको उच्च कुरा भुलेको छु । पोशाक गतिलो नभएर भाषण सुन्न जान बस छुटेझै छुटाएको छु । पोशाक नभएर कति पटक साथी भाइसित बोलीमा बर्ता बसेको छु । घाटमा जाँदा टाटेपाटे अफिसको पोशाकमा गएको छु । यिनै कुराहरू कसरी गुणगान गरूँ । मलाई भने औधी लाजको पसारो परेको छ । यी अन्तरङ्ग कुराहरु सुद्धीमा बिर्को लाएर होइन । पोशाक नभएर कतै थचक्क बसको छु । पोशाक बारे चर्चा जति गरे पनि असली रूपमा पोशाक बारे राम्रो ज्ञान पनि छैन । लगाउन पनि जानेको छैन । तर मैले पोशाकको परिभाषालाई नर्कान खोजेको पनि हैन । पोशाक सही तरिकाले लगाउन नपाए ऊ बबार्द हुँदो पनि रहेछ । यो पनि महसुस गरिहेछु । पोशाकको मैदान भनेको यहीँ हो ।

हिजो आज पोशाक भदौको ढोडझैँ मौलाएको पाइन्छ । हेर्नु त पोशाकको पहिरनको मात्र के कुरा उन्न जाने खड्प्वालतिर घुसारेको झुत्रे झाम्रे टालोले पनि १० इन्चको लाजको गलगाँड छोपिदिन्छ । भोके पेट मात्र होइन बोके दारी जुँगा पनि फिस्स हैन एड्भान्स पारिदिन्छ । अझ टल्किने पोशाकले त भुकेको कुकुर पनि लाजले पछि हट्न थाल्छ । यस्तो पोशाकलाई कसरी खुशीजस्तो खिस्सी गर्नु खै ? पोशाकको फुर्ती भनेको यही हो । यस्ता दृश्य वनकाली पशुपति जाँदा औधी भेटिन्छन् ।

पोशाकले गाउँछ, कतै कतै भजन किर्तन गराउँछ, कतै भकुण्डो खेलाउँछ । यो पोशाको विशेषता हो । पोशाक भएर निस्केपछि के होला भनेर तिघ्रा कमाउन पर्दैन । यो पहिरन गर्न नजाने कार्टुनको काग झै पोशाकमा उभिएको मान्छे आफै हराउएको चाल पाएको छु । ओठ लाउने लाली क्रिम हैन टलकदार पोशाक नभए नमस्कार पनि पाइँदैन । जहाँ पुग्दा पनि स्वागत र मान सम्मान पाइने हतियार हो यो । तपाईं जहाँ टेक्नुस् पहिला तपाईंको पोशाकमा नजर पर्दछ । यो पोशाकको अर्को स्वाद हो । पिरो, टर्रो, अमिलो, तीतो स्वादका मात्र होइन, वेस्वादे पोशाकले पनि कतै टाउकोमा बत्ती बालेको हुन्छ । तपाईंको पोशाक छ भने आत्तिन पर्दैन । टोल टोलमा मोल नभएका पोशाक लगाउनेको भेल पाइन्छ । यस्ता टोलको के बयान गरौँ । मोल नभएको पोशाकको के प्रशंसा गरौ । पोशाकको बोलीचालीले सालीको लालीको लाज छेक्दैन भने के अभिलाशा गर्ने । शरिर ढाक्ने पोशाक छैन भने पनि मात्तिनु पर्दैन । बरू पोशाक टुक्रा पारि सिलाइ लिए अर्को मोडेल तयार हुन सक्छ ।

कोही अभद्र अशोभनीय धोक्रे चप्पलमा भए पनि भव्य पोशाकवालालाई हिरामोती ठानी सलाम ठोक्नेको ताँती देख्नु भएको होला । यो पोशाकको प्रडक्सन हो । उपलब्धि हो । यो पोशाकको मौन लक्षण पनि हो । पेटमा हाल्ने सामलतुमल जे भिरे पनि पोशाकले कति इज्जत दिन जानको छ झ्यालखान देखि पाइखानासम्म । आइरन दलदेखि फिङ्गर दलसम्म । कखरा पढ्नेदेखि ठूला पुस्तकका ठेली समाउने सम्मलाई पोशाकको आवश्यकता हुन्छ । घर धन्दामा भान्छामा बडा अफिस, कार्यालय, अड्डा, अदालत, सैनिक प्रहरीका जुलुस पर्वमा जे धोती कुर्था दौरा सुरुवाल कमिज पाइट समिज टू पिस थ्रि पीस जङ्गवाहुरको पालको ध्वाँसो दलेको कोट लाउनुस । इज्जत थाम्छ ।

पोशाक लाएपछि धमिलो अमिलो कमिलो मात्र कहाँ हो र सिनो पनि आधुनिक हात्तीजस्तो बन्छ । यस्तो कुरो सुनेर मन पनि तिलमिलाउँछ । तपाईंहरुलाई थाहै होला एउटा वृद्ध मान्छेले वैशालु यूवक देखिन कति जात्राको जस्तो पहिरनको पसारो पारेर पोशाकको पाको पुन्तुरा थुपारेको हुन्छ । टोले नखरा यूवा र गुण्डाहरूको पोशाकले कुम हल्लाउन कति उपद्रो पार्छ । काटकुट जे कुरा भने पनि एउटा वृद्धको पोशाकमा पौष्टिक कुरा बढी भेटिनु । युवाका पोशाकमा भिन्नता नदेखिनु त मष्तिष्कमै हानाहान, तानातान अनि गडबडी हुन्छ होला । यसरी हेर्दा पोशाकको भौतिक उन्नति के हो भन्न सक्ने असल हेड सर पाउन पनि गाह्रो छ ।

एक मुठी कनिका र एक कटौरा पानी खाए पनि हरेक ठाउँमा पोशाक लगाउने उद्देश्य बेग्लै हुन्छ । पोशाक भन्ने कुरा एक चिम्टी नून एक मुठी दाल जतिकै महत्व हुन्छ । मनोरन्जन र सुन्दरता मात्र दिँदैन भविष्य द्रष्टा गरेको हुन्छ । यसले सामाजिक इज्जत मात्र थामेको हुँदैन । हास्यको हैसियत र प्रशंसा खोजेको हुन्छ । पोशाकले वर्तमानको सुबोध पनि मापन गरेको धेरै प्रमाण छन् । एक दृष्टिमा मानसिको प्रतिष्ठा दामी र नामी पनि पोशाकले नै गरेको हुन्छ । अर्को पक्षमाबाट हेर्दा छानाको नाना पनि पोशाकले टपमा टल्काएको हुन्छ । यस्तो हुनु पोशाकको स्वभाविक पक्ष पनि हो ।

हिजो आज धसिङ्गरे पोशाकको फुर्ती बढ्दो छ । यस्को उपलब्धि भन्दा पिर लाग्छ । आफैलाई धारे हात लाउन मन लाग्छ । हुन त म कुनै पोशाक तयार पार्ने सुचिकार हैन । मूलभूत रुपमा म साधारण पोशाक पहिरने मान्छे हूँ । मोल नभएको पोशाक लगाए पनि बन्दरगामा बन्दभएको रुद्रघण्टी खुलेको पनि देखेको छु । पोशाकको मोलको के कुरा गर्नु । झन् दुइ चार बर्षको पुरानो कोट पाइट लगाउनेको बयान मात्र गरेको हुदैन यसले टोलको भोज भतेर पनि कति थामेको हुन्छ । यस्ता दृश्य पनि अनन्य देखेको छु ।

अझ टाउको टल्किने पोशाक देख्ता फुर्ती बढेर आउँछ । पोशाकमा के कस्तो व्यापकता हुनुपर्छ । स्वर्ग लोक बस्नेले कस्तो पोशाक पहिरन गरेका हुन्छन् म जस्तो पाजीलाई उपदेशको कुरा के था । तर म पोशाकको व्याख्याकार हैन । कुखुरको पोथीले प्रयोग गरेको फरियालाई खोपीबाट म जस्तो बोकालाई लाउन आग्रह गर्छ कि भन्ने डर लाग्छ । त्यसैले होला मोटर साइकल चलाकले टाउको छोपेर भ्रष्टाचारको विकृतीको मुख नछोपेको हुन सक्छ ।

सबै तह र तप्कामा राष्ट्यि पोशाक भूलेर धुले चस्माले आँखाको पावर छोपेको देख्ता आफैलाई सरम लागेर आउँछ । केटाकेटीले पापा बुझेझैँ पोशाकले चरण चरणाम मानिसलाई बुढो थ्री पिसले सुन्दर मात्र पार्दैन व्यक्तित्व पनि झल्काउन सहयोग गर्छ नै तर यसको विरोध गरेर कालोमोचनमा खरानी घसेर बस्न सकिँदैन । शिक्षा, दीक्षा र विकास गतिला भए पनि पोशाकमा श्रीपेच नभएर मान्छे पूर्व जानु पर्ने पश्चिम हान्निन पुग्छ । आरामीकुर्सीमा बस्नु पर्ने भुईंमा बस्न पुग्छ । पोशाक नहुँदा अग्ला चुल्ढुङ्गाको आगो बाल्न दौडिन पर्ने सैनिक, कर्मचारी, नेता र प्रहरी पनि सकिनसकी हिँड्नु पर्ने हुन्छ । यो थोत्रो गफ होइन । यस्तो भावार्थ बुझेर पोशाकको धक्कु लागाउनेको सातेजाला । आज लङ्गौडी र भोगटेको भोटो युग होइन । आजको विश्वमा पोशाकको फुर्ती नजान्ने को को हुनुहुन्छ खै !

०००
काठमाडौं १५ हाल सिड्नी
१५ फ्रेब्रुअरी २०२४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x