साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरोप

बोल्नेको मुख दुख्दैन । ब्याट्री डाउन हुँदैन । कुनै मिटर उठ्दैन । एकले अर्कोलाई पागल भनिरहेका थिए । दुवै जना पागलखानामै भर्ना थिए तर अर्कालाई मात्र पागल बुझिरहेका थिए । दुवै एक अर्कामाथि हास्न थाले, हेप्न थाले । हुँदाहुँदा राष्ट्रियतासम्म कुरो पुग्यो ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

दुई मित्र अस्पतालभित्र बेडमा सेट थिए । अस्पताल विदेश देशमा थियो । आफ्नो देशमा दुवै कट्टर देशभक्त थिए । अरुलाई गाली गरेरै भक्ति प्रदर्शन गर्दथे ।

दुवै बिरामीको बेडको सेट संयोगले एकै ठाउँमा परेका थिए । दुवैलाई एउटै औषधि खुवाएर बेहोस पारेर बेटमा रेस्ट गराइएको थियो । अलग अलग एअरपोर्टबाट दुवैलाई करिब एकै समयमा अस्पताल पुर्‍याइएको थियो । बेहोसीले कुलेलम ठोकेपछि दुवैले पुलुक्क आँखा उघारे । एकले अर्कोलाई देखेर छक्क परे, दुवैको नजर भित्तामा ठोक्कियो । लेखिएको थियो – मानसिक अस्पताल ।

विपक्षी बेड : तिमी पागल भयौ ?
प्रतिपक्षी बेड : तिमी मानसिक अस्पतालको बेडमा ?
पहिलो बेड : तिमी विदेशी अस्पतालमा ?
दोस्रो बेड : तिमी परदेशी अस्पतालमा ?

बोल्नेको मुख दुख्दैन । ब्याट्री डाउन हुँदैन । कुनै मिटर उठ्दैन । एकले अर्कोलाई पागल भनिरहेका थिए । दुवै जना पागलखानामै भर्ना थिए तर अर्कालाई मात्र पागल बुझिरहेका थिए । दुवै एक अर्कामाथि हास्न थाले, हेप्न थाले । हुँदाहुँदा राष्ट्रियतासम्म कुरो पुग्यो ।

होहल्ला सुनेर डाक्टर आए सहयोगी लिएर । हातमा करेन्ट थियो । सहयोगीले करेन्ट सटाउँदै भने – राष्ट्रिवादको भूत करेन्टले उतार्छ ।
करेन्ट छुवाउनासाथ दुवै बेहोस ।

०००
१२ फागुन २०८०
मित्रनगर, गरुडा ४, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x