सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आरोप

बोल्नेको मुख दुख्दैन । ब्याट्री डाउन हुँदैन । कुनै मिटर उठ्दैन । एकले अर्कोलाई पागल भनिरहेका थिए । दुवै जना पागलखानामै भर्ना थिए तर अर्कालाई मात्र पागल बुझिरहेका थिए । दुवै एक अर्कामाथि हास्न थाले, हेप्न थाले । हुँदाहुँदा राष्ट्रियतासम्म कुरो पुग्यो ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

दुई मित्र अस्पतालभित्र बेडमा सेट थिए । अस्पताल विदेश देशमा थियो । आफ्नो देशमा दुवै कट्टर देशभक्त थिए । अरुलाई गाली गरेरै भक्ति प्रदर्शन गर्दथे ।

दुवै बिरामीको बेडको सेट संयोगले एकै ठाउँमा परेका थिए । दुवैलाई एउटै औषधि खुवाएर बेहोस पारेर बेटमा रेस्ट गराइएको थियो । अलग अलग एअरपोर्टबाट दुवैलाई करिब एकै समयमा अस्पताल पुर्‍याइएको थियो । बेहोसीले कुलेलम ठोकेपछि दुवैले पुलुक्क आँखा उघारे । एकले अर्कोलाई देखेर छक्क परे, दुवैको नजर भित्तामा ठोक्कियो । लेखिएको थियो – मानसिक अस्पताल ।

विपक्षी बेड : तिमी पागल भयौ ?
प्रतिपक्षी बेड : तिमी मानसिक अस्पतालको बेडमा ?
पहिलो बेड : तिमी विदेशी अस्पतालमा ?
दोस्रो बेड : तिमी परदेशी अस्पतालमा ?

बोल्नेको मुख दुख्दैन । ब्याट्री डाउन हुँदैन । कुनै मिटर उठ्दैन । एकले अर्कोलाई पागल भनिरहेका थिए । दुवै जना पागलखानामै भर्ना थिए तर अर्कालाई मात्र पागल बुझिरहेका थिए । दुवै एक अर्कामाथि हास्न थाले, हेप्न थाले । हुँदाहुँदा राष्ट्रियतासम्म कुरो पुग्यो ।

होहल्ला सुनेर डाक्टर आए सहयोगी लिएर । हातमा करेन्ट थियो । सहयोगीले करेन्ट सटाउँदै भने – राष्ट्रिवादको भूत करेन्टले उतार्छ ।
करेन्ट छुवाउनासाथ दुवै बेहोस ।

०००
१२ फागुन २०८०
मित्रनगर, गरुडा ४, रौतहट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बच्यौली

बच्यौली

सञ्जय साह मित्र
उखाने झगडा

उखाने झगडा

सञ्जय साह मित्र
राम्रो र असलीमा फरक

राम्रो र असलीमा फरक

सञ्जय साह मित्र
दाउ

दाउ

सञ्जय साह मित्र
संस्कार

संस्कार

सञ्जय साह मित्र
अशुभ काम ना

अशुभ काम ना

सञ्जय साह मित्र
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा