तुलसीप्रसाद भट्टराईभाषाको गरिमा राख्न
नेपाली लिपिको प्रयोग नभए चल्नेछ आन्दोलन जाग्नै पर्छ समस्त देशभरका साहित्यप्रेमी जन नेपाली पहिचानमाथि यसरी दागा धरेको कति आफ्नो मौलिकता सकेपछि यहाँ होला र के उन्नति !

तुलसीप्रसाद भट्टराई :
भाषामा सरकारका नियमले धज्जी उडाएपछि
अङ्ग्रेजी लिपिबाट नम्बर टिपी गाडी गुडाएपछि
नेपालीपन के रहन्छ अब खै यो देश नेपालमा
यस्तै चाल सधैँ चले मुलुक नै फस्ने भयो जालमा ।
नेपाली लिपिको प्रयोग नभए चल्नेछ आन्दोलन
जाग्नै पर्छ समस्त देशभरका साहित्यप्रेमी जन
नेपाली पहिचानमाथि यसरी दागा धरेको कति
आफ्नो मौलिकता सकेपछि यहाँ होला र के उन्नति !
यातायात विभागबाट यसरी फोस्रा गरी निर्णय
नाफा खान सधैँ छ उद्यत यहाँ नेता र मन्त्रालय
हामीले अब बस्नु हुन्न यसरी मुन्टो लुकाईकन
जागौँ देश जगाउने मन भए छेडेर आन्दोलन ।
०००
बिर्तामोड, झापा
Subscribe
Login
0 Comments
Oldest







































