साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता लेख्न गाह्रो हुँदैन

कागजभरि छताछुल्ल देश पोख्यो जनता सम्झेर तपतप आँसु बगायो अलिकति उताबाट सार्यो अलिकति यताबाट सार्यो नाम चलेपछि बाह्र हातको टाँगोले पनि छुँदैन जिन्दगीमा सबथोक गर्न गाह्रो हुन्छ कविता लेख्न गाह्रो हुँदैन ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

कलम झिक्यो कागज निकाल्यो
देब्रेपटि कुनामा कविता भनेर लेख्यो
अलिकति दायाँपट्टि तल कविताको शीर्षक लेख्यो
त्यसको पनि अलिकति तल कविको नाम लेख्यो
एक छिन यसो दिमाग खेलायो
जेजे आउँछ सरसरती लेख्यो
बरु कपाल कन्याउन गाह्रो हुन्छ
कविता लेख्न गाह्रो हुँदैन ।
कविता नफुरे भूतपूर्व प्रेमिकालाई सम्झ्यो
आङै सिरिङ्ग हुने उसको किरिया सम्झ्यो
नभए डाँडापाखा हेर्यो, भावुक बन्यो
गुराँस, हिमाल, झरना र नदीहरू सम्झ्यो
श्रीमतीले चामल र दाल सिद्धियो भने पनि
केटाकेटीले कपडा र फिस चाहियो भने पनि
क्या कविता निस्कँदै छ, बिथोल्न नआऊ भन्यो
दामी कागजमा दामी कलमले
सुनको औँठी लगाएको दामी हातले
सासै नफेरी हतारहतार लेख्यो
बरु भात चपाउन गाह्रो हुन्छ
कविता लेख्न गाह्रो हुँदैन ।
अरूको किन पढ्नुपर्यो ?
व्यर्थैमा टाउको किन दुखाउनुपर्यो ?
अरूले उचाल्दै छन् कि, पछार्दै छन् कि
किन बिनसित्ति पर्बाह गर्नुपर्यो ?
आफ्नो कवितालाई आफैँले थपडी बजायो
कवि हुन पाएकोमा दङ्ग पर्यो
अलिकति छोयला मगायो, अलिकति सोमरस घुट्क्यायो
फुर्र पारेर चुरोटको सर्को तान्यो
कागजभरि छताछुल्ल देश पोख्यो
जनता सम्झेर तपतप आँसु बगायो
अलिकति उताबाट सार्यो
अलिकति यताबाट सार्यो
नाम चलेपछि बाह्र हातको टाँगोले पनि छुँदैन
जिन्दगीमा सबथोक गर्न गाह्रो हुन्छ
कविता लेख्न गाह्रो हुँदैन ।

०००
हेटाैँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x