साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरुवा काजीको कुर्सीकला

उनको महात्म्य सिद्धिने छाँटै देखिएन, आफूलाई भने साँच्ची पर्दै आयो। यसो विचार गरें,- दुःख पाएका जनताको कुरा गर्ने कसैलाई फुर्सद छैन । सुख पाउनेको शुभयात्रा वर्णन सातदिन सातरात भट्टयाए पनि सकिने होइन।

Nepal Telecom ad

पिँडालु पण्डित :

उनले कुर्सीमा बस्नेबित्तिकै कामभन्दा पहिला हाम सम्झे । नसम्झन् दशेने किन ? जन्मनेबितिकै सबभन्दा पहिला गरेको काम नै हाम हो । तपाई महोला, ‘जन्मनेवित्तिकै हाम गर्न सक्ने को हुन्छ र । यसले गफ छाँट्यो ।’ होइन प्रभु । त्यस्तो मर्जी नहोस् । जन्मनेवित्तिकै मान्छेले गर्ने पहिलो काम नै हाम हो। उसको यो जन्मसिद्ध अधिकार । पत्याउनु हुन्छ भने यो हो ब्रह्माजीको वरदान ।

एउटा कुरा तपाईंलाई पहिल्यै भनौँ, मान्छेले जन्मनेबित्तिकै खल्तीबाट झिकेर कपाकप खान थाल्छ भन्ने तर्क पनि मेरो होइन । मेरो लिंडेढिप्याइँ यत्ति हो कि मान्छेले जन्मनेबित्तिकै सुरु गर्ने काम हाम हो। बच्चाबच्चीले सोझै पत्याए पनि बग्रेल्ती सन्तानका बाउ भइसकेका हुनाले तपाईंले मेरा कुरा नपत्याउन सक्नुहुन्छ । अनि भन्नुहोला, ‘मान्छेले जन्मनेबित्तिकै सबभन्दा पहिला गर्ने काम रोइकराइ हो ।’

तपाईंको यो नपत्याइसँग भने मेरो केही सहमति हुन सक्छ । किनकि, मान्छे जन्मने वित्तिकै रुन्छ कराउँछ । तर किन ? अब तपाईंले मलाई दिने जवाफ मै भन्छु – खानका लागि । अर्थात्, हाम गर्न । आफै हाम गर्न सक्ने भइदिएको भए ऊ रोइकराइ पनि किन गर्थ्यो र । नसक्ने भएकाले अरूलाई गुहायो । बान पनि पाइने र अर्काले खुवाइ पनि दिने भएकाले उसको यो बानी दिगो विकासका रूपमा स्थापित भयो र पछिसम्म पनि अडियो। त्यसैले सुशासनका कुरा गर्ने अहिलेका कुशासनीहरूको मूल मन्त्र पनि यही भएको छ- ‘दिगो विकास ।’ अनि अर्को कुरा जन्मनेवित्तिकै बाने छाप परेकाले यहाँ मर्ने बेलामा एक चम्चा पानी नै भएपनि खाने चलन छ । अन्यत्रका कुरा मलाई थाहा छैन ।

धत्तेरी ! कुरो अन्तै मोडियो । अँ, कुर्सीले कुर्सीमा गएर बस्न मिलेन । त्यसमा वस्ने मान्छे नै हो। त्यो पनि तपाई हामी जस्तै । जन्मनेबितिकै अरूलाई पिरेर/गुहारेर खान जानेका मान्छे । त्यसैले कर्सीमा बस्नेवित्तिकै उनले कामभन्दा पहिला हाम सम्झिनु उनको पनि अपराध होइन । यसमा त म ठोकुवै गरेर भन्छु । जोसकैले जेसकै भनोस् । भन्न डराउने मान्छे म पनि कहाँ हुँ र ? भनै डराउने भइदिएको भए खान लाउनकै लागि यस्तो दुःख किन गर्न पर्थ्यो ।

कतै ‘ऊ’ कतै ‘म’ यो के हो ! तपाईको खसखस खुस्किन नपाउँदै मन्दिइहाला,- ‘ज’ र ‘म’ भनेको उस्तै हो उही हो । किन खसखसाउने। जा र ‘म’ दुइटै सर्वनाम । फरक यत्ति हो कि कुर्सीमा हुँदा म ‘ऊ’ हुन्छ र बाहिरिदा ऊ ‘म’ हुन्छ । वुझे बुझ्नुस् नबुझे नबुझ्नुस् ।

ऐ’या ! नाम सोधेको भए त बताइदिइहाल्यें नि ! कठाले समात्नु पर्छ ? तर फेरि नामै भन्ने हो भने पनि अप्ठ्यारै पर्ला नि । सर्वनामबाटै बुझ्नुस् न । पवाट्ट नाउँ बताउनु पनि कसरी । त्यस्तैको पछि लागेर जागिर खाने सस्या यहाँ कति छन् कति ! व्यक्तिको त कुरै छाडौं । अनुसन्धान गर्न खप्पिस्, समात्न भन्या त्यस्तै हो । खानेका पछि लागे खान पाइन्छ भन्ने कुराको तिनले राम्रै अनुसन्धान गरिसकेका छन् । आखिर ती पनि भुइँमा बसेर काम गर्ने होइनन् क्या र ! ‘ऊ’ ले ‘ज’ लाई गुणन गर्नुस् या भाग, जे गर्दा पनि उत्तर जति ‘ऊ’ नै आउने भएपछि धेरै कुरा किन कोट्टघाउनु ?

ल, ल, ठीकै छ। सबै ‘ज’ को पुराण रचेर वेदव्यासलाई पुड्ङ्ग्याउनेमनसाय तपाईको होइन भने के भयो र ! म भन्छु । न सुनुस्, तपाईले जान्न खोजेका यस्तै ‘ऊ’ हरू मध्येका एउटा ऊ हुन्, कुरुवा काजी। कुरुवा काजी भनेपछि उनलाई नचिन्ने कोही छैनन् । त्यसैले लिखतको नाउँ भनेर उनलाई कुफत पार्नुपर्ने जरुरत पनि अहिले मैले देखेको छैन । ‘कि, तपाई उहाँलाई चिनु हुन्न !?’

मैले यत्ति के भनेको थिए- उनी खित्का छाडेर हाँस्न थाले । ए ! उनै कुरुवा काजी । भो, उनका विषयमा अरू नओकल्नुस् । तपाईलाई भन्दा बढी मलाई ने थाहा होला । उनका यत्ति कराले म श्रोता बने उनी वक्ता । चाले भट्टाउन ।

कुरुवा काजी पहिल्यैदेखि चताब मान्छे । ‘चलाख मात्र होइन अति चलाख’- उनले फेरि थपे । माल पाएर चाल पाउन नसक्ने सर्वसाधारण भएका मालउद्योग (दाम कमाउने उद्योग त उनले पहिल्यै चलाइसकेका । यस्ता अनुभवी मुलुकमा उनी पहिल्यै चाल पाएर माल पाएका मान्छे । त्यसमाथि सानातिना मान्छेले पहिल्यै चाल पाएर माल पाउँदा के भयो होला, तपाई सोच्दै नसोच्नोस। सोदै नसोध्नोस् । यदि सोच्ने पनि सोध्ने पनि धृष्टता गर्नु हुन्छ भने पहिले अस्पताल मना हुनुस् अनि सोच्नुस्-सोध्नुस् अथवा जसके गर्नुस् ।

म ताटो । मैले अहिलेसम्म नसुनेको यस्तो अनौठो महानवाणीले म अझै अमस्कमा परें । कसैका विषयमा सोच्न र सोध्न पर्व अस्पताल भर्ना हुन पर्ने । इतो अचम्म जे होस् होस मैले आँटै गरेर सोधे किन ?

तपाईंलाई हृदयाघात हुन सक्छ’- उनले सम्झाए । अँ, मैले पनि एकछिन गम खाएँ ।

यत्तिकैमा अगस्त्यमुनि जस्तो फेरि म चुपचाप उनको कुरा सुन्न उत्सुक गए। उनी स्कन्दकुमार भएर अगाडि बढे । बुझ्नु भो ! कुरुवा काजी कुर्सीमा नेबित्तिकै भित्तातिर हेरेर नमस्ते गर्थे । खाली भित्तालाई नमस्ते गरेको तपाई हम्फनु होला, – होइन । भित्तामा एउटा दयनीय गरिब किसानको फोटो झुन्ड्याइएको हुन्थ्यो। उनी त्यसैलाई नमस्ते गर्थे । सर्वसाधारणले देख्ता उनी जस्तो कुर्सीलीन भएर पनि गरिब किसानलाई आदर गर्ने व्यक्ति सायद अरू कोही छैन जस्तो भान हुन्थ्यो । भवाट्ट हेर्दा कति महान् थियो उनको विचार, अनि क्रियाकलाप । तर वास्तविकता अर्कै थियो ।

उनी अन्तहृदयले वास्तवमा ती किसान र तिनको समूहलाई दुवो सम्झन्थे, अनि आफूलाई महादेवको वाहन ‘साँढे’ । साँढे दुबोमाथि जति चर्छ उति दुबो पलाउँदै र झाङ्गिदै आउँछ भन्ने उनको आफ्नै तर्क थियो। त्यसैले आफ्नो चरनलाई सुरक्षित राख्न उनी ती किसानको फोटो देख्नेवित्तिकै सधैं त्यही हालतमा रहन निवेदन गर्ने, – प्रतीकात्मक रूपमा नमस्ते गरेर । हुन पनि महादेवको आड पाएर उनी सधैं सढि भए, – किसानहरू जस्ताको तस्तै । अरूका साँढे भ’को भए सुम्ला बढ्ने गरी पिटाइ खान्थे वा अरू नै केही हुन्थ्यो तर उनी परे महादेवका साँढे, -छैन सक्ने कसको हिम्मत ?

काजीले आफूलाई सढि सम्झे पनि त्यो कुरा अरूलाई बताएका थिएनन् । मरूः भने उनलाई काजी मात्र नभनेर इज्जतसाथ कुरुवा काजी भन्थे । यसको पनि एउटा कारण थियो । कुर्सीमा विराजमान भएर भित्ते नमस्कार अर्पण गर्नेबित्तिकै काजीको खाइमहात्म्य सुरु हुन्थ्यो । खाइमहात्म्यको मङ्गलाचरण लोकल कखाको सुरुवाबाट सुरु भएर कायनवाचा कोदामतमा गएर ट्ङ्गिन्थ्यो । आफ्नो खाइमहात्म्य कोलबाट सुरु गरेर झोलमै टङ्ग्याउने काजीलाई लोकले उपयुक्त नाम जाएको वियो- कुरुवा काजी । हुन पनि उनलाई कुरुवा घटीले केही पनि पुग्दैनथ्यो ।

काजीको पनि यसमा आपत्ति थिएन । कोदामतको कुरुवा र कुखुराको सुरुवा हुई आफ्नो भोज्यामृत भएकाले त्यसकै प्रतिफलमा जुरेको लोकनामप्रति उनलाई अझै सन्तुष्टि नै थियो ।

उनको महात्म्य सिद्धिने छाँटै देखिएन, आफूलाई भने साँच्ची पर्दै आयो। यसो विचार गरें,- दुःख पाएका जनताको कुरा गर्ने कसैलाई फुर्सद छैन । सुख पाउनेको शुभयात्रा वर्णन सातदिन सातरात भट्टयाए पनि सकिने होइन। अर्काको शुभयात्रा वर्णन सुनेर फेरि के नै पुण्य मिल्छ र ! मैले निश्चय गरें। तर फुत्किने कसरी? तै एउटा उपाय चट्ट सुभयो । अमिलो मुख पार्दै पाइखाना दौडे । जसरी काजीको कुर्सीकला सहन नसकेर अमिलो मुख पार्दै अन्य सर्वसाधारण दौडिन्थे।

०००
‘समष्टि’ (२०६१ मङ्सिर/पुस)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x