पिँडालु पण्डितकुरुवा काजीको कुर्सीकला
उनको महात्म्य सिद्धिने छाँटै देखिएन, आफूलाई भने साँच्ची पर्दै आयो। यसो विचार गरें,- दुःख पाएका जनताको कुरा गर्ने कसैलाई फुर्सद छैन । सुख पाउनेको शुभयात्रा वर्णन सातदिन सातरात भट्टयाए पनि सकिने होइन।

पिँडालु पण्डित :
उनले कुर्सीमा बस्नेबित्तिकै कामभन्दा पहिला हाम सम्झे । नसम्झन् दशेने किन ? जन्मनेबितिकै सबभन्दा पहिला गरेको काम नै हाम हो । तपाई महोला, ‘जन्मनेवित्तिकै हाम गर्न सक्ने को हुन्छ र । यसले गफ छाँट्यो ।’ होइन प्रभु । त्यस्तो मर्जी नहोस् । जन्मनेवित्तिकै मान्छेले गर्ने पहिलो काम नै हाम हो। उसको यो जन्मसिद्ध अधिकार । पत्याउनु हुन्छ भने यो हो ब्रह्माजीको वरदान ।
एउटा कुरा तपाईंलाई पहिल्यै भनौँ, मान्छेले जन्मनेबित्तिकै खल्तीबाट झिकेर कपाकप खान थाल्छ भन्ने तर्क पनि मेरो होइन । मेरो लिंडेढिप्याइँ यत्ति हो कि मान्छेले जन्मनेबित्तिकै सुरु गर्ने काम हाम हो। बच्चाबच्चीले सोझै पत्याए पनि बग्रेल्ती सन्तानका बाउ भइसकेका हुनाले तपाईंले मेरा कुरा नपत्याउन सक्नुहुन्छ । अनि भन्नुहोला, ‘मान्छेले जन्मनेबित्तिकै सबभन्दा पहिला गर्ने काम रोइकराइ हो ।’
तपाईंको यो नपत्याइसँग भने मेरो केही सहमति हुन सक्छ । किनकि, मान्छे जन्मने वित्तिकै रुन्छ कराउँछ । तर किन ? अब तपाईंले मलाई दिने जवाफ मै भन्छु – खानका लागि । अर्थात्, हाम गर्न । आफै हाम गर्न सक्ने भइदिएको भए ऊ रोइकराइ पनि किन गर्थ्यो र । नसक्ने भएकाले अरूलाई गुहायो । बान पनि पाइने र अर्काले खुवाइ पनि दिने भएकाले उसको यो बानी दिगो विकासका रूपमा स्थापित भयो र पछिसम्म पनि अडियो। त्यसैले सुशासनका कुरा गर्ने अहिलेका कुशासनीहरूको मूल मन्त्र पनि यही भएको छ- ‘दिगो विकास ।’ अनि अर्को कुरा जन्मनेवित्तिकै बाने छाप परेकाले यहाँ मर्ने बेलामा एक चम्चा पानी नै भएपनि खाने चलन छ । अन्यत्रका कुरा मलाई थाहा छैन ।
धत्तेरी ! कुरो अन्तै मोडियो । अँ, कुर्सीले कुर्सीमा गएर बस्न मिलेन । त्यसमा वस्ने मान्छे नै हो। त्यो पनि तपाई हामी जस्तै । जन्मनेबितिकै अरूलाई पिरेर/गुहारेर खान जानेका मान्छे । त्यसैले कर्सीमा बस्नेवित्तिकै उनले कामभन्दा पहिला हाम सम्झिनु उनको पनि अपराध होइन । यसमा त म ठोकुवै गरेर भन्छु । जोसकैले जेसकै भनोस् । भन्न डराउने मान्छे म पनि कहाँ हुँ र ? भनै डराउने भइदिएको भए खान लाउनकै लागि यस्तो दुःख किन गर्न पर्थ्यो ।
कतै ‘ऊ’ कतै ‘म’ यो के हो ! तपाईको खसखस खुस्किन नपाउँदै मन्दिइहाला,- ‘ज’ र ‘म’ भनेको उस्तै हो उही हो । किन खसखसाउने। जा र ‘म’ दुइटै सर्वनाम । फरक यत्ति हो कि कुर्सीमा हुँदा म ‘ऊ’ हुन्छ र बाहिरिदा ऊ ‘म’ हुन्छ । वुझे बुझ्नुस् नबुझे नबुझ्नुस् ।
ऐ’या ! नाम सोधेको भए त बताइदिइहाल्यें नि ! कठाले समात्नु पर्छ ? तर फेरि नामै भन्ने हो भने पनि अप्ठ्यारै पर्ला नि । सर्वनामबाटै बुझ्नुस् न । पवाट्ट नाउँ बताउनु पनि कसरी । त्यस्तैको पछि लागेर जागिर खाने सस्या यहाँ कति छन् कति ! व्यक्तिको त कुरै छाडौं । अनुसन्धान गर्न खप्पिस्, समात्न भन्या त्यस्तै हो । खानेका पछि लागे खान पाइन्छ भन्ने कुराको तिनले राम्रै अनुसन्धान गरिसकेका छन् । आखिर ती पनि भुइँमा बसेर काम गर्ने होइनन् क्या र ! ‘ऊ’ ले ‘ज’ लाई गुणन गर्नुस् या भाग, जे गर्दा पनि उत्तर जति ‘ऊ’ नै आउने भएपछि धेरै कुरा किन कोट्टघाउनु ?
ल, ल, ठीकै छ। सबै ‘ज’ को पुराण रचेर वेदव्यासलाई पुड्ङ्ग्याउनेमनसाय तपाईको होइन भने के भयो र ! म भन्छु । न सुनुस्, तपाईले जान्न खोजेका यस्तै ‘ऊ’ हरू मध्येका एउटा ऊ हुन्, कुरुवा काजी। कुरुवा काजी भनेपछि उनलाई नचिन्ने कोही छैनन् । त्यसैले लिखतको नाउँ भनेर उनलाई कुफत पार्नुपर्ने जरुरत पनि अहिले मैले देखेको छैन । ‘कि, तपाई उहाँलाई चिनु हुन्न !?’
मैले यत्ति के भनेको थिए- उनी खित्का छाडेर हाँस्न थाले । ए ! उनै कुरुवा काजी । भो, उनका विषयमा अरू नओकल्नुस् । तपाईलाई भन्दा बढी मलाई ने थाहा होला । उनका यत्ति कराले म श्रोता बने उनी वक्ता । चाले भट्टाउन ।
कुरुवा काजी पहिल्यैदेखि चताब मान्छे । ‘चलाख मात्र होइन अति चलाख’- उनले फेरि थपे । माल पाएर चाल पाउन नसक्ने सर्वसाधारण भएका मालउद्योग (दाम कमाउने उद्योग त उनले पहिल्यै चलाइसकेका । यस्ता अनुभवी मुलुकमा उनी पहिल्यै चाल पाएर माल पाएका मान्छे । त्यसमाथि सानातिना मान्छेले पहिल्यै चाल पाएर माल पाउँदा के भयो होला, तपाई सोच्दै नसोच्नोस। सोदै नसोध्नोस् । यदि सोच्ने पनि सोध्ने पनि धृष्टता गर्नु हुन्छ भने पहिले अस्पताल मना हुनुस् अनि सोच्नुस्-सोध्नुस् अथवा जसके गर्नुस् ।
म ताटो । मैले अहिलेसम्म नसुनेको यस्तो अनौठो महानवाणीले म अझै अमस्कमा परें । कसैका विषयमा सोच्न र सोध्न पर्व अस्पताल भर्ना हुन पर्ने । इतो अचम्म जे होस् होस मैले आँटै गरेर सोधे किन ?
तपाईंलाई हृदयाघात हुन सक्छ’- उनले सम्झाए । अँ, मैले पनि एकछिन गम खाएँ ।
यत्तिकैमा अगस्त्यमुनि जस्तो फेरि म चुपचाप उनको कुरा सुन्न उत्सुक गए। उनी स्कन्दकुमार भएर अगाडि बढे । बुझ्नु भो ! कुरुवा काजी कुर्सीमा नेबित्तिकै भित्तातिर हेरेर नमस्ते गर्थे । खाली भित्तालाई नमस्ते गरेको तपाई हम्फनु होला, – होइन । भित्तामा एउटा दयनीय गरिब किसानको फोटो झुन्ड्याइएको हुन्थ्यो। उनी त्यसैलाई नमस्ते गर्थे । सर्वसाधारणले देख्ता उनी जस्तो कुर्सीलीन भएर पनि गरिब किसानलाई आदर गर्ने व्यक्ति सायद अरू कोही छैन जस्तो भान हुन्थ्यो । भवाट्ट हेर्दा कति महान् थियो उनको विचार, अनि क्रियाकलाप । तर वास्तविकता अर्कै थियो ।
उनी अन्तहृदयले वास्तवमा ती किसान र तिनको समूहलाई दुवो सम्झन्थे, अनि आफूलाई महादेवको वाहन ‘साँढे’ । साँढे दुबोमाथि जति चर्छ उति दुबो पलाउँदै र झाङ्गिदै आउँछ भन्ने उनको आफ्नै तर्क थियो। त्यसैले आफ्नो चरनलाई सुरक्षित राख्न उनी ती किसानको फोटो देख्नेवित्तिकै सधैं त्यही हालतमा रहन निवेदन गर्ने, – प्रतीकात्मक रूपमा नमस्ते गरेर । हुन पनि महादेवको आड पाएर उनी सधैं सढि भए, – किसानहरू जस्ताको तस्तै । अरूका साँढे भ’को भए सुम्ला बढ्ने गरी पिटाइ खान्थे वा अरू नै केही हुन्थ्यो तर उनी परे महादेवका साँढे, -छैन सक्ने कसको हिम्मत ?
काजीले आफूलाई सढि सम्झे पनि त्यो कुरा अरूलाई बताएका थिएनन् । मरूः भने उनलाई काजी मात्र नभनेर इज्जतसाथ कुरुवा काजी भन्थे । यसको पनि एउटा कारण थियो । कुर्सीमा विराजमान भएर भित्ते नमस्कार अर्पण गर्नेबित्तिकै काजीको खाइमहात्म्य सुरु हुन्थ्यो । खाइमहात्म्यको मङ्गलाचरण लोकल कखाको सुरुवाबाट सुरु भएर कायनवाचा कोदामतमा गएर ट्ङ्गिन्थ्यो । आफ्नो खाइमहात्म्य कोलबाट सुरु गरेर झोलमै टङ्ग्याउने काजीलाई लोकले उपयुक्त नाम जाएको वियो- कुरुवा काजी । हुन पनि उनलाई कुरुवा घटीले केही पनि पुग्दैनथ्यो ।
काजीको पनि यसमा आपत्ति थिएन । कोदामतको कुरुवा र कुखुराको सुरुवा हुई आफ्नो भोज्यामृत भएकाले त्यसकै प्रतिफलमा जुरेको लोकनामप्रति उनलाई अझै सन्तुष्टि नै थियो ।
उनको महात्म्य सिद्धिने छाँटै देखिएन, आफूलाई भने साँच्ची पर्दै आयो। यसो विचार गरें,- दुःख पाएका जनताको कुरा गर्ने कसैलाई फुर्सद छैन । सुख पाउनेको शुभयात्रा वर्णन सातदिन सातरात भट्टयाए पनि सकिने होइन। अर्काको शुभयात्रा वर्णन सुनेर फेरि के नै पुण्य मिल्छ र ! मैले निश्चय गरें। तर फुत्किने कसरी? तै एउटा उपाय चट्ट सुभयो । अमिलो मुख पार्दै पाइखाना दौडे । जसरी काजीको कुर्सीकला सहन नसकेर अमिलो मुख पार्दै अन्य सर्वसाधारण दौडिन्थे।
०००
‘समष्टि’ (२०६१ मङ्सिर/पुस)
Subscribe
Login
0 Comments
Oldest







































