साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलिकता चरौं

दक्षिणाका रूप हुन्छन् देवता अनुसारका गाडी डलर वा स्वर्ण वा घडेरी प्रकारका ।। गरौं शिष्टाचार गरौं घरमा धनले भरौं सात पुस्ता खान पुग्ने गरी अलिकता चरौं ।।

Nepal Telecom ad

रमेश खकुरेल :

छिप्पिएपछि काँक्राको अचार पनि भो अब
भ्रष्टाचार गरे ठूलो शिष्टाचार भयो अब ।।

शिष्टाचार त्यही हुन्छ शिष्टले जुन गर्दछन्
फोहरी भ्रष्ट आचार शिष्टले किन गर्दछन् ।।

जस्तै ठूलो रहोस् भारी धेरैले बोक्न सक्तछन्
बाँडी चुँडी खाइएमा जे खाए पनि पच्तछन् ।।

इन्द्रले ब्रह्महत्याको पाप सारे अरूतिर
यौटा यज्ञ गरे पुग्छ भन्छन् शास्त्रधुरन्धर ।।

यज्ञका रूप फेरिन्छन् युगका अनुसारले
पञ्चामृत सुरा बन्छन् व्यवस्था अनुसारले ।।

दक्षिणाका रूप हुन्छन् देवता अनुसारका
गाडी डलर वा स्वर्ण वा घडेरी प्रकारका ।।

गरौं शिष्टाचार गरौं घरमा धनले भरौं
सात पुस्ता खान पुग्ने गरी अलिकता चरौं ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x