पिँडालु पण्डितअर्दलीको खोजखबर
यसरी निप्कर्ष निकाल्ने हो भने यो संसार नै अर्दलीमय संसार । खानकै लागि दौडादौड । हानाहान, तानातान । पछाडि पछाडि हाम्रै पेट । कसैले फूर्ति नगरे हुन्छ, फूर्तिफार्ती ठण्डाराम ।

पिँडालु पण्डित :
हाकिम र बडाहाकिम शब्द धेरै पहिलेदेखि सुन्दै जान्दै आएको भएर हो कि किन हो आज मलाई सबभन्दा पहिला अर्दली शब्दको अर्थ जान्न मन लाग्यो। हुन त अर्दली शब्द पनि यसभन्दा अघि ठ्याक्कै नसुनेको चाहिँ पक्कै होइन । तर पनि यसको ठेट अर्थ र सोत के हुँदोरहेछ भन्ने विषयमा मलाई निकै खुलदुली बढेर आयो । तर बुभने कसरी ? यति जाबो कुरा पनि ‘अकासको फल आँखा तरी मर्’ हुने त होइन भनेर मनै ढक्क फुल्यो। तर पत्ता लगाउने कसरी ?
जहाँ इच्छा त्यहाँ उपाय। यसरी चुप लागेर काम चल्दैन । मनमा लागेको कुरा गर्नेपर्छ। यो अहिलेका जमानाको निष्कर्ष वाक्य । अर्को शब्दमा व्यक्त गर्नुपर्दा ‘गुरुमन्त्र’ । मुखले व्यक्त नगरे पनि कामले फत्ते गर्ने जमाना । फेरि यसो भन्दा तपाई जाने भएर ए। यसको गुरुमन्त्र ‘मुखमा रामराम बगलीमा छुरा’ भन्नु होला। होइन, अब त्यस्तो भन्ने दिन गए। अब त भन्ने भए ‘हावामा रामराम, हातमा छुरा’ भन्नुस्, होइन भने भन्नै पाउनु हुन्न। किनकि अहिलेको युग भनेको पारदर्शिताको युग हो । अङ्ग्रेजीमा पनि यसलाई बुझाउने शब्द रहेछ- ‘ट्रान्सप्यारन्सी’ । नेपालीमा त अझ यसलाई ‘पारदर्शिता’ मात्र होइन ‘परदर्शिता’ को अर्थमा पनि लिन थालिएको छ । यसैले यसको बजार अहिले फस्टाउँदो छ । अझ यसको बजार त फेसनले लिएको छ। त्यो पनि अझ हिरोइन मार्केटमा । को कति नाङ्गिने ? यत्रतत्र सर्वत्र त्यसैको प्रतिस्पर्धा। पछि पच्तै जाला तर अहिले चाहिँ नढाँटी भन्ने हो भने आँखामा पनि देखिने सिसा होइन, नदेखिने सिसा राख्नुपर्ने भइसक्यो । होइन भने दाम्लो चुँडिन के वेर !
कहाँ अर्दलीको खोजखबर गर्न लागेको कहाँ अर्कैको बार्दली चहार्न पुगिएछ । यसो भनेर पन्छिन मैले मिलेन । अर्दलीको अर्थ खोज्नै पर्छ । फेरि यसो भन्दैमा दसजनालाई सोधेर दसवटा अर्थ बटुल्नेतिर लाग्नु पनि उचित भएन । जसलाई जे सोधेपनि आफ्नै स्वार्थ अनुसार अर्थ लगाउने परम्परा र परिपाटी बसिसकेका बेलामा यसरी सोध्नुको अर्थ पनि त्यति रहेन। कसैकसैले साँचो बताउलान् । तर चिन्ने कसरी ? विश्वासमाथि विश्वासको सङ्कट । ‘दशरथको बाबुको नाम के हो ?’ भनेर सोध्दा कसैले ‘नौरथ’ भन्यो भने पनि विनाछानविन पत्याउनु पर्ने आजको जमानामा कुरो बुझेको मान्छेले त्यसै प्याच्च वोल्न पनि मिलेन । त्यसैले दसतिर सोच्तै नसोची सर्लक्क पल्टाएं- ‘नेपाली बृहत् शब्दकोश’ । नेपाली शब्दार्थको वैधानिक न्यायाधीश ।
शब्दकोशले अर्दलीको नालीवेली यसरी दिएको रहेछ अर्दली ” आदि। यति ना० (अ३० अईली) अहाएपहाएको सानोतिनो काम गर्ने फेला पारेपछि सबभन्दा पहिला मैले के वर्फे भने राजनीतिक अनुदानदेखि आर्थिक अनुदानसम्म, नाहिने प्रतिस्पर्धादेखि बाङ्गिने सीपसम्म, विकासे मन्त्रदेखि विनासे तन्त्रसम्म विदेश त्यसमा पनि अङग्रेजका मुलुकबाट मित्र्याउने कलामा पोख्त हामीले हाम्रो भाषामा पनि अङ्ग्रेजी घुसाइसकेछौं । भोको पेट र रित्तो डोकोका लागि केही गर्न नसकेपनि अरूथोकमा उनीहरूले सघाएकै छन् । आफ्नो पहिचानका लागि पनि भोको पेट त हामीले जसरी पनि जिम्मा लिनै पर्यो। सुरक्षा गर्ने पर्याे । भोको पेट त हाम्रो अधिकार ने हो नि ! होइन र ?
अहिले यहाँ काला र गोरा अथवा अडग्रेज र अरूको करो रहेन । यो देश बढ्दा ‘अर्डी’ को । नेपाली शब्द ‘अर्दली’ के अर्थ नलागिरहेका बेलामा अङग्रेजी र ऊ देशको करो पनि भएन । मात्र करो रह्यो, ‘बदली’ को । त्योभन्दा अगाडि शब्द ‘अर्डली’ को पछि लाग्न कि नलाग्न द्विविधा पन्यो । मेरो ठाउँमा तपाई भएको भए पनि त्यस्तै हन्थ्यो होला । पछि लाग्ने कुरामा जसले पनि विचार गर्ने पर्छ नि । कि कसो ?
कसैकसैको बानी फेरि कस्तो हुन्छ भने अड्कलमा अर्थ लगाउने । मैले एक पटक मेरै दुईजना मित्र चतुरे र फतुरेको रमाइलो वार्ता सुनेको छु । यो वार्ताको सार तपाईलाई पनि सुनाउन सके तपाई पनि अङ्कले जवाफी हुनुहुँदो रहेछ भने सुधने मौका मिल्न सक्छ । म त्यस्तो छैन भनेर गजक्क फुल्नु होला । त्यो म पत्याउनेवाला छैन । न त अरूले नै पत्याउँछन्, तपाईं वाहेक । आफ्नो गल्ती आफैले देख्ने भइदिएको भए यहींको यहीं मनुष्यले चोला फेर्ने मौकै पाउँदैनथे। अँ, अब वार्ताको कुरा अगाडि बढाऊँ । चतुरेले चट्ट एउटा प्रश्न तेर्स्यायाे – ए ! फतुरे ‘नेवार भाषामा ‘हें’ (लेखाइमा ‘हँय्’) भनेको हाँस हुन्छ, ‘पें’ (लेखाइमा ‘घांय्’) भनेको घाँस हुन्छ भने ‘हैं’ (लेखाइमा ‘धंय्’) भनेको के हुन्छ ?’ फतुरेले फ्याट्ट जवाफ दियो- ‘हैं’ भनेको ढाँस हुन्छ । वास्तवमा उसलाई नेवार भाषा आउदैनथ्यो । तैपनि उसले प्रश्न सुन्नेवित्तिकै ‘हैं’ को हाँस, ‘घ’ को घाँस भनेपछि ‘ढें’ को पक्कै पनि ‘ढाँस’ हुन्छ भन्ने सोच्यो र यही अड्कलले जवाफ फर्काइहाल्यो । उसको जवाफ सुनेपछि सुन्ने र बुझ्ने जति सबै हलल्ल हाँसे । प्रतिकार भएन । वास्तवमा नेवार भाषामा ‘दें’ (धंय्) को अर्थ हुँदोरहेछ- ‘उडुस ।’ वास्तविक उत्तर थाहा पाएपछि तत्काल फतुरेको अनुहार त हेर्न लायक भयो/भयो, र पछि गएर उसले आफ्नो वानीबेहोरामा पनि सुधार गर्यो । ल हेर्नुस् अड्कलले कहिलेकहीं यस्तोसम्म गर्छ । त्यो वार्ता सुनेदेखि मलाई ‘अड्कल’ भन्यो कि सातोपुत्लो उड्छ । विश्वविद्यालयको परीक्षामा बस्दा पनि मलाई यस्तै सातो गएर जहिले पनि तीन जनाले ल्याउने प्रथम श्रेणी सबै मेरे भागमा आउन थाल्यो । अर्थात तीन धर्का (III) सधैं मेरो पेवा । यही भएर ‘अर्दली’ भन्नुस् कि ‘अर्डली’ भन्नुस् म अड्कलले झ्वाट्टै अर्थ लगाउनेवाला छैन ।
श्रीमतीजीले कुनै वैज्ञानिकलाई आधुनिक आविष्कारको रन्काले रन्काए जस्तो विहान जुरुक्क उठ्नेबित्तिकै एकाग्र भएर घोत्लिदै थिएँ । अर्दली घुमाउरो तरिकाले आदेश गरिन्,- ‘अफिस बेलैमा जानुपर्ने होला । छोरो पनि आजदेखि क्याम्पस खुल्छ – पढाउन जान्छु भन्थ्यो । भान्सामा नुनतेलदेखि ज्वानुमेथीसम्म सबै सकिएको छ । खानु पर्ने भए बेलैमा लिएर आउनुस् । श्रीमतीको वचन सबै सुनिनसक्तै साविकझैं झोला बोकेर लुखुर्किएँ- बजारतिर । बाटामा अर्को साथी भेट भयो । उसको पनि उही हालत । अझ भरखरै भाँडा मस्काएर आएको रहेछ क्यार ! हात पनि चिसोचिसो, कालोकालै थियो ।
अगाडि बढ्दै जाँदा बजार नपुग्दै एउटा जुलुस भेटियो । कसका आदेशले हो अगाडि-अगाडि एउटा भट्टयाउँदै थियो । उसका आदेशले पछि लाग्ने सबै एकसाथ भट्टयाइरहेका देखिन्थे, ‘जिन्दावाद ! जिन्दावाद’ । अगाडि बढ्दै थियौं । एक हुल सिपाहीहरू एकसाथ तन्किएर सलाम ठोक्तै थिए । ‘सलाम ।’ सलाम खानेले आदेश गर्यो, ‘बुझ्याै, कसैलाई फिटिक्क चलखेल गर्न नदिनू ।’
अफिस पुगिसक्दा पनि विहानका घटना, सम्झना र दृश्यहरूले पन्छिन मानिरहेका थिएनन् । यत्तिकैमा ढोकामा हाकिम साहेब भेटिए । ‘ल त्यो काम आज वेलैमा सक्नू । कडा आदेश भयो। आदेश क्रमैसँग तल झर्यो। काम फत्ते । तर कसको काम फत्ते भयो, काम सकिंदासम्म पनि थाहा भएन । अरूहरू पनि यस्तै घटना सुनाउँथे । सबै काम तामेल गर्नमा नै व्यस्त भेटिए । सबै अह्राएपह्राएको सानोतिनो काम ।
साँझ पर्यो । घर फर्कंदै गर्दा कुनै ठूलो अड्डाका ठूलै हाकिम भेटिए । तर उनले देखेनन्, मैले मात्र देखेँ। असिनापसिना गरेर गेडागुडी लगायत खाद्यान्त्र खाँदेका प्लास्टिकका पुन्तुराे झुन्ड्याएर ठस्ठस् कन्दै अगाडि बढ्दै थिए । बिहान सलाम खाने मूर्ति एक हातमा मट्टितेलको ग्यालन र अर्को हातमा सागको मुठो च्यापेर सकिनसकि बस चढ्दै थियो। त्यही वेलामा ट्वाक्क विहान भट्टयाउने नेता पनि भेटियो । एउटा हातमा खोइ के हो पानीको जस्तो बोतल र अर्को हातमा लसुनप्याजसहित अलिकति दालमोठ च्यापेर भान्साको आदेश अझै केही विर्सेझै गरी सडकमा ठिङ्ग उभिइरहेको देखियो । मलाई यी सबै कुराले फेरि उही कुरा सम्झायो। “अर्दली – ना. (अड्० अर्दली। अह्राएपह्राएको सानोतिनो काम गर्ने आदि ।
अब भने अकस्मात् मलाई दिव्यदृष्टि प्राप्त भएझै भयो । अर्दली ……। । हो त नि ! यसो सम्झै – अह्राएपह्राएका अह्राएपह्राएको सानोतिनो काम गर्ने सबै काम दलिइदलिइ गर्ने भएकाले उसको नामै ‘अर्दली’ । कामै ‘अर्दली’ । जातै अर्दली । अङ्ग्रेजीमा पनि त त्यस्तै अर्थ रहेछ अर्डर्ली। अह्राएपह्राएको कुनै पनि काम दायाँवायाँ नसोची क्रमैसंग गर्ने। आफ्नो बुद्धि जस्ताको तस्तै, एक लाल पनि खर्च नहुने। कुरो ठीकै रहेछ त ! म किन त्यसैत्यसै रन्थनिएको। आफैलाई अचम्म लाग्यो। अब केको शब्दकोश । केको दसजनासँग भलाकुसारी !! पढेरभन्दा परेर जानिन्छ भनेको यस्तै हो कि जस्तो लाग्यो ।
यत्रोविधि कुरा उठाइसकेपछि ‘उसो भए अर्दली को त ?’ भनेर जोसुकैले पनि प्रश्न गर्न सक्छन् । प्रश्न सोध्नु त्यति नाजायज पनि होइन, जसले पनि सोध्न सक्छ । र, त्यसको जवाफ पनि त्यति गाह्रो छैन, सजिलै छ- ‘हामी सबै अर्दली ।’ मान्छे रूपधारी संसारका सबै जीव अर्दली ।
‘हामी सबै अर्दली भए अहाउनेपहाउने को त ?’ प्रश्न उठ्न सक्छ । मालिक, याने अहाउनेपहाउने, हर्ताकर्ता को त ? प्रश्न पटक-पटक आउन सक्छ । यो त मेरो खोजखवरको विषय नै होइन । तैपनि कुनै पनि वेला जवाफ दिनुपर्ने अवस्था आउने भएकाले अहिले नै भनिहालौं- ‘हाम्रो गन्धलोक ।’ अर्थात्, तपाईं हाम्रो कहिल्यै नभरिने पेट/भुँडी। हामी सवलाई अह्राइपह्राइ गर्ने यही हो । हातमुख जोर्दै भुँडी भर्दै गर्नुपर्ने भएकाले हामी सबै यसैका अर्दली । यसरी निप्कर्ष निकाल्ने हो भने यो संसार नै अर्दलीमय संसार । खानकै लागि दौडादौड । हानाहान, तानातान । पछाडि पछाडि हाम्रै पेट । कसैले फूर्ति नगरे हुन्छ, फूर्तिफार्ती ठण्डाराम ।
हामी सबै अर्दली ! अरू के त ? त्यसो हो भने हामी सबैले सामूहिक एकताका लागि आजै किन आवाज नउठाउने ! उठाउने, उठाउने ! हाम्रो एकता अपरिहार्य छ । साथी हो, हाम्रो एकता हुनैपर्छ । यसमा दुईमत हुनैहुन्न । आउनुस् नारा बुलन्द गरौं-
अर्दली अर्दली ‘एक होऊँ ।’
हाम्रो पेट- ‘भर्नै पर्छ । भर्नै पर्छ ।’
अर्दलीवाद- ‘जिन्दावाद । जिन्दावाद ।’
०००
थाेते हाँसो (२०६२)
Subscribe
Login
0 Comments
Oldest








































