साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जँड्याहाको जमघट

यत्तिकैमा ठ्याम्म आवाज आयो। हेदहिर्दै भट्टीवालले ढोका थुनेर सडकबत्ती निभाइदियो । हर्किनीले अघि नै बाटो तताइसकेकी थिई । 'सार्की त जाँड खाएर बिग्रियाे-बिग्रियाे...

Nepal Telecom ad

पिँडालु पण्डित :

‘होइन, कत्ति कराइसकें- जाँड-रक्सी नखानू भनेर। कहिलेकहीं खाइहाले पनि घरमा गएर हल्ला नगरीकन सुत्नु नि । यो वाटोमा दोबाटो छेकेर केको लम्पसार परिरहेको । भन्ने वेलामा मदिरा निषेधित क्षेत्र, खाने बेलामा केही न केही ।’-हर्किनीले सधैंझै चौतारोमा गएर हर्केलाई हल्लाउन थाली ।

‘हाम्रो त जातै जमदार, खाएपछि हल्ला गर्नुपर्ने ।’ हर्केले हसुरेकै सुरमा महर्किनीलाई हपार्यो । ‘खाएपछि घुप्लुक्क सुत्ने भए त स्लिपिङ ट्यावलेट खाए भइगो नि । त्यसमाधि नखानु खाइसकेपछि आफ्नै देशको विकास हुने गरी पो खानु पर्छ- तँलाई के थाहा । स्लिपिङ ट्यावलेट हाम्रा मुलुकमा बन्छ ? नचाहिँदा कुरा गर्छ। आफ्ना देशमा खाएर अर्काका देशमा पैसा जाने गरी पनि कोही खान्छ। मूर्ख कहींकी। बुझिस् – रक्सी त हाम्रै देशमा बन्छ । काइदा काइदाका रक्सी बन्छ । ना आफ्नो देशमा बनेको चीज नखाएर अर्काका देशमा बनेको चीज किन खाने । हामी त देशको हित चिताउने मान्छे । बुझिस् मदिरा निषेधित क्षेत्र होस् कि रक्सी निषेधित क्षेत्र होस् । हामीलाई के मतलब ! देश बनाउने मान्छेलाई यत्ति पनि छुट हुन्न ? हामी त देशका लागि मरिमेट्ने मान्छे, लुकिलुकि पनि खाइदिन्छौं । तँलाई के मतलब । देश विकासका लागि तल्लीन हामी जस्ता मान्छे त अरू कोही छदैछैनन् । बुझिस् ।’ लरबरिएको जिब्रो नथाकुन्जेल हर्के एकनास कराइरह्यो ।

मन डराए पनि म एकनास उभिएर हेरेको हेन्यै गरिरहें। गाउँको बीचमा चौतारो । चौतारैको छेउमा भट्टी पसल । खाने-खुवाउनेको सधैं प्रतिस्पर्धा । भान्छामा अनिकाल परेपनि भट्टीमा कहिल्यै अनिकाल नपर्ने। अचम्म छ बा । गीत गाउँदै निस्क्यो अर्को जंड्याहा, ‘चौतारीमा भट्टी भेटियो, चौतारीमा रक्सी भेटियो । हो-हो-हो-हो-हो’ चौतारीमा भट्टी भेटियो।’ भट्टीबाट निस्कँदै भट्टयाउने ऊ थियो-जिम्मावाल पण्डित बूढाको नाति । पुख्र्यौली पेशा टपरे बाहुन । सक्कली नाउँ कैलाशनाथ उपाध्याय । जाँड धोक्न थालेपछि सबैको ‘कैलाशे ।’

ए’ जंड्याहा वढ्ता कराउँछस् । चौतारीमा हर्के भेटियो भन्न, हर्के । हर्केलाई देख्दादेख्दै केको भट्टी भेटियो भन्छस् । आँखा पनि देख्दैनस् कि क्या हो जाँड खाएको मान्छे जस्तो बढ्ता कराउँदो रहेछ । जंड्याहा बजिया । हर्केले आराम गर्न लोलाएको जिब्रो फेरि फट्‌कार्यो ।

उसै त कैलाशे, – कौलास्न नजान्ने । त्यसमाथि जाँड धोकेको। थाल्यो कौलास्न, ए’ हर्के बजिया । जिम्मावाल पण्डितको नाति हूँ, जिम्मावाल पण्डितको । चिन्दैनस् कि क्या हो। के चिनेको नचिन्यै गरेर कराउँछस् । अलिक ठीक ठाउंमा वस्, ठीक ठाउँमा । यस्ता जाडाका वेलामा बरु छोइएला यता । छिटा हाल्नाको सास्ती पार्लास् । साँच्चै भनेको है, छोइएला यता। चौतारामा बसेर पनि भट्टीमाझै व्यवहार गर्छस् । अलिक ठीक ठाउँमा वस्, हर्के वजिया । जिम्मावाल पण्डितको नाति हूँ, बुझिस् । कैलाशे !

कैलाशे, ए’ कैलाशे । तँलाई मैले चिनेको छु। कत्रा कत्रा वर्ष भेट नहुँदा त मान्छेको चिनजान हराउँदैन। अहिलेको अहिल्यै भट्टीबाट छुट्टिनेवित्तिकै म तँलाई चिन्दिन कि क्या हो ? कैलाशे, ए’ कैलाशे । ‘जाँडमा जात र भट्टीमा भात हुँदैन भनेर भर्खरै मलाई धाप मारेको विर्सिस् । कैलाशे- तं हामी मिलेर अब क्रान्ति गर्न पर्छ बुझिस्, सामाजिक क्रान्ति । तं शङ्ख पण्डितको छोरो, म गोल पण्डितको छोरो। बुझिस् – कैलाशे । जाँड-रक्सीमा जात मिलेपछि दालभातमा पनि जात मिलाउन पर्यो नि । कसो कैलाशे ? झोलमा जात मिल्ने, चौटामा नमिल्ने ! भट्टीवाललाई सर्जमिन बकाइदिऊँ ? बढ्ता भएर अझै छोइएला भन्छस् । हिजोको हर्के होइन, आजको हर्के हूँ म । ऊ दिन गए यो दिन आए, छुवाछूत प्रथा कता हराए कता हराए – बुझिस् कैलाशे ।

हर्के र कैलाशेको वाक्युद्ध चल्दै थियो, भट्टीबाट अर्को भुँडीवाल निस्क्यो । स्वर सुन्दा पनि धोवीले गधा खोज्न दौडेला जस्तो गरेर गाना गाउँदै अगाडि बढ्यो,– ‘निर्वाचनको न्यास्रो लाग्यो नि, ए’ है, निर्वाचनको न्यास्रो लाग्यो नि ।’ ऊ थियो- भंड्खारे काजी । उसको खास नाम कटककुमार कटुवाल हो । र पनि, कुराकानी गर्दा ‘भंड्खारोमा जाक्नुपर्ने’ भन्ने उसको थेगो भएकाले उसलाई सबैले भंड्खारे काजी भन्थे । अँध्यारो-अँध्यारो भएपनि जीउडाल र बोलीले उसको स्पष्ट परिचय दिन्थ्यो । र, पेशाले ऊ थियो- लाटो देशको गाँडो तन्नेरी ‘सानो-सानो राजनीतिज्ञ’ ।
भंड्खारे काजी अधिझै एकोहोरो रागमा- ‘निर्वाचनको न्यायो लाग्यो नि’ गीत भट्टयाउदै थिए- भद्रीवाट अर्को जँड्याहा निस्क्यो र उसैलाई हकार्न थाल्यो । पीठरां कराउछस् । जाडका सरमा न बोली मिलेको छ, न गीत । जाड लाग्यो । भन्दैमा जे पनि गाइदिने, जसरी पनि गाइदिने ! सुनेले के बुझ्छ थाहा छैन, एकोहोरो नोकराएको छ कराएको छ । ‘ई’ गाना त यसरी गाउनु पर्छ । ल-सुन ठरा, सिकिराख हो हामीसँग कसरी गाउन पर्छ !-

‘देशीले सोध्लान् नि खोइ चुनाव भन्लान् – पैसा चाहियो भन्दिए, नेताले सोध्लान् नि खोइ चुनाव भन्लान् कार्यकर्ता सोध्लान् नि खोइ चुनाव भन्लान् वचाउन सिक भन्दिए, सापटी चलाऊ भन्दिए, कृत्रिम अभाव भन्दिए, महाजनले सोध्लान् नि खोइ चुनाव भन्लान् जनताले सोध्लान् नि खोइ चुनाव भन्लान् वेल है पाक्यो भन्दिए, राष्ट्रले सोध्ला नि खोइ चुनाव भन्ला- साढेसात कटोस् भन्दिए, जागिरेले सोध्लान् नि खोइ तलव भन्लान् कटौती पर्यो भन्दिए, जोगीले सोध्लान् नि खोइ भिक्षा भन्लान् सबै जोगी भन्दिए, मन्त्रीले सोध्लान् नि के गर्ने भन्लान् कुर्सी जोगाऊ भन्दिए, हे ! वरै’ न भनी साध्य न गरी साध्य के गर्ने-गर्ने खोइ … ।

सुनिस् ठर्रा ! लौ हेर् चौतारै घन्क्यो कि घन्केन । रहर मात्रै गरेर हुन्छ । ‘बुझ्दो न सुभदो पुलिसको हुद्दो टुंडीखेलमा कुद्दो’ भनेको यही हो। जानु-बुझ्नु छैन, बडो गीत गाउने रहर ! हामीसंग सङ्गत गर्न, हामीसंग । तं मान्छे बन्छस् – मान्छे । अहिले पो जाँड खाएको छ र !

चारजना जँड्याहाको हल्लीखल्ली के सुरु भा’थ्यो, चौतारामा झापझुप मान्छे जम्मा भइहाले । कोही गीत गाउने, कोही झगडा गर्ने, कोही छेड्खान गर्ने गर्दागर्दै चौतारो त एक्कैछिनमा नाट्यशाला जस्तै भो ।

अन्तिमपटक गाना गाउने जंड्याहा थियो- गुइँठे गन्धर्व । भंड्ङ्खारे काजीले उनको गीत त राम्रोसंग सुने सुनेनन् थाहा भएन तर वेलावेलामा ठर्राका ठर्रा भनेर काजीलाई घोचेकोचाहिँ उनलाई पच्तैपचेनछ । अनि जांड खाए पनि काजी भनेको काजी नै हो भन्ने अभिमान पनि उनलाई रहेछ । त्यसैले उनी क‌ङ्किहाले – ए’ गुइँठे बढ्ता बाेल्छस् ! आजकै दिनमा म तेरो ठर्रा भइहालें !

जाँड बाएको छ र ! लागेको जस्तो पो गऱ्या त । दुईचार बोतलले काजीलाइ भेट्टघाउँछ भन्ठान्यां छस् कि क्या हो? कहिलेकहीं उही भन्छ- जाडको जात हुँदैन भनेर । कहिले चाहिं जाने भएर ठरांका ठरां भन्दोरहेछ । यताउता झारभुर पार्न सकुन्जेल त लेबले खान्यें नि। त्यो पनि विदेशी । तैंले त छुन नि पा’छैनस् होला। सके नाउँ पनि सुनेको छैनस् कि । ए’ गुइँठे, नाउँ सुन्याछस् ! ब्लकलेबल, रडलेवल, गनलेबल । कोदे वजिया- आफै ठर्रा छ, अरूलाई ठर्रा भन्छ । मुख अलिक ठीक ठाउँमा राख्- गुइँठे बजिया ।

गुईठे र काजीका वार्ताले हर्केलाई सहिनसक्नु भएछ र कराउन थाल्यो । ए’ कैलाशे । सुनिस् त ती जंड्याहाहरूको गफ । तिनलाई तान्न यता । जाँड खाएका बेलामा पनि इज्जतका कुरा गर्ने । जाँड खाएका बेलामा त जाँडको पो कुरा गर्नुपर्छ । चारयरि जँड्याहाले चारथरि कुरा गर्न थाले रमिते दर्शकले के भन्लान् । बोला, तिनीहरूलाई यहीं बोला। हामी सप्पैजना ट्याक्कै मिल्दिउँ । अनि यी दर्शक जति बाटो लाग्छन् त्यसपछि जे गरे’नि गरौंला। बोल्न ए कैलाशे बोल् । नचाहिने कुरामा चाहिँ प्यारप्यार प्यारप्यार गर्छ, चाहिने कुरामा चाहिँ चुइंक्कै बोल्दैन । ए’ कैलाशे- बोल् न बोल् ।

यत्तिकैमा ठ्याम्म आवाज आयो। हेदहिर्दै भट्टीवालले ढोका थुनेर सडकबत्ती निभाइदियो । हर्किनीले अघि नै बाटो तताइसकेकी थिई । ‘सार्की त जाँड खाएर बिग्रियाे-बिग्रियाे, कार्की चाहिँ …’ भन्दै अरू दर्शक पनि आ-आफ्नो बाटो लागे । त्यसपछि के के भो के के- कसैले चासै राखेन ।

०००
‘गोरखापत्र’ (२०६१/९/१७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x