साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘निरो’का बाँसुरी सुन्नेहरू

रोम जल्दा गुञ्जिएको बाँसुरीको धुन ‘निरो’सँगै श्रवण गर्ने चाहिन्छ नै किन ? समयको प्रवाहले हुत्याएको राग — चाहिँदैन तिम्रो पुस्ता, फाल्नैपर्ने दाग।

Nepal Telecom ad

डा. शरद परासर मरहट्टा :

बैठके र हुक्के बनी वर्षौं-वर्ष टिक्ने
प्रविधि र नाति–पुस्तासँग निहू झिक्ने
ज्ञान–विज्ञानमा शून्य, त्रुटि–त्रुटि देख्ने —
चाहिँदैन तिम्रो पुस्ता, झुटो कथा लेख्ने।

अहंकारी ‘जङ्गे’लाई ‘नेपोलियन’ ठान्ने
गाली, झोंक, उत्तेजना ‘देववाणी’ मान्ने
आगो लाग्दा ढुकुटीमा दुलोभित्र पस्ने —
चाहिँदैन तिम्रो पुस्ता, तेल मात्रै घस्ने।

‘वफादारी’ बनियाँका कन्तुरमा राख्ने
मण्डी–मण्डी पुगी ‘स्वादे’ परिकार चाख्ने
विवेकको बन्दकीमा ‘नियुक्ति’लाई साट्ने —
चाहिँदैन तिम्रो पुस्ता, आफ्नै आत्मा ढाँट्ने।

रोम जल्दा गुञ्जिएको बाँसुरीको धुन
‘निरो’सँगै श्रवण गर्ने चाहिन्छ नै किन ?
समयको प्रवाहले हुत्याएको राग —
चाहिँदैन तिम्रो पुस्ता, फाल्नैपर्ने दाग।

०००
नर्थ क्यारोलिना, अमेरिका
(अक्टोबर ६, २०२५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
झ्यालबाहिरको रौनक

झ्यालबाहिरको रौनक

डा. शरद परासर मरहट्टा
ऊसँगका हाँसो, खुसी र पीडाका पलहरू

ऊसँगका हाँसो, खुसी र...

डा. शरद परासर मरहट्टा
लुतो फालिस् तैँले ?

लुतो फालिस् तैँले ?

डा. शरद परासर मरहट्टा
भानुसँगको वार्ता

भानुसँगको वार्ता

डा. शरद परासर मरहट्टा
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x