साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानदेखि भुक्तमानसम्म

पूर्णिमाको भोलिपल्ट किन त्यस्तो आँधी आयो ? सान, मान, प्रतिष्ठामा ‘कालो हुरी’ किन छायो ? किन ढल्यो अहंकार? ओरालोको मृग किन ? झुन्डिएको खुकुरीले तर्साउँछ सधैं किन ?

Nepal Telecom ad

डा. शरद परासर मरहट्टा :

हाछ्युँ लाग्दा, ढाड दुख्दा, तकियाले बिझाउँदा
वायु चल्दा, हाई काड्दा, सपनाले तर्साउँदा
राज्य थियो ढुकुटीको साँचो आफ्नै मुठ्ठीभित्र
विदेशका अस्पताल बन्थे सधैं इष्टमित्र।

दायाँ-बायाँ “जय! जय !”, सामुन्नेमा “लभ यू” भन्थे
झुटो–साँचो जे बोले नि, सधैं-सधैं “वाह” गर्थे
आकाशमा उड्दै गर्दा “खसेँ” भन्थे, पत्याउँथे
बाढी आउँदा खहरेमा “पसेँ” भन्थे, पत्याउँथे।

सीतालाई होच्याउँदा, मेरै कुरा सही ठान्थे
रामलाई भित्र्याउँदा, सर्वज्ञाता जस्तै मान्थे
नल्याएको भूमिलाई “ल्याएँ” भन्दा रमाउँथे
“रतुवालाई बाँध्छु” भनी ढाँट्दा पनि पत्याउँथे।

“मिलौँ हामी” भन्नेलाई घोक्रेठ्याक लाए पनि
उज्यालोमा एकातिर, राति अन्तै धाए पनि
सुख थियो, सान थियो, मेरै गुणगान थियो
माछापुच्छ्रेभन्दा अग्लो हिजोसम्म मान थियो।

पूर्णिमाको भोलिपल्ट किन त्यस्तो आँधी आयो ?
सान, मान, प्रतिष्ठामा ‘कालो हुरी’ किन छायो ?
किन ढल्यो अहंकार? ओरालोको मृग किन ?
झुन्डिएको खुकुरीले तर्साउँछ सधैं किन ?

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ्यालबाहिरको रौनक

झ्यालबाहिरको रौनक

डा. शरद परासर मरहट्टा
ऊसँगका हाँसो, खुसी र पीडाका पलहरू

ऊसँगका हाँसो, खुसी र...

डा. शरद परासर मरहट्टा
‘निरो’का बाँसुरी सुन्नेहरू

‘निरो’का बाँसुरी सुन्नेहरू

डा. शरद परासर मरहट्टा
लुतो फालिस् तैँले ?

लुतो फालिस् तैँले ?

डा. शरद परासर मरहट्टा
भानुसँगको वार्ता

भानुसँगको वार्ता

डा. शरद परासर मरहट्टा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x