साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुसँगको वार्ता

‘वसुधैव कुटुम्बकम्’ भन्थे ‘कौसिक’ ले अघि, विक्षिप्तप्रायः भा' का छन् ‘कोसी’मा जाकिदे'पछि । म तीव्र दुःखमा छु आफैँ, अर्को पाखण्ड देखिँदा, खोजी नै नगरी ‘राम’, ‘माडी’लाई बुझाउँदा ।”

Nepal Telecom ad

डा. शरद परासर मरहट्टा :

आदि कवि हिजो राति बलभद्र सरी थिए,
ब्रह्माण्डभरिको झोक मेरै अगाडि पस्किए ।
प्रश्न थियो, थियो कुण्ठा, म थिएँ मझधारमा,
के गर्नु ख्वै ! सबै क्रोध ठोकेँ मेरै निधारमा ।

भानुका प्रश्न र गुनासाहरू:
“त मर्त्यलोकको मान्छे, बौलाएर बोल्दछस्;
स्वर्गमा बास बस्नेको कति हुर्मत खोल्दछस् ?
पितृको नाम काढेर कति दूर्नाम गर्दछस् ?
आस्थामा सियोले घोची, कति दूर्वाच्य बोल्दछस् ?

जन्मेको स्थान फेर्नाले ‘पाणिनि’ वाक्क दिक्क छन्,
बहुविवाहको ‘बात’ लागि ‘मदन’ खिन्न छन् ।
‘शिव’को के कुरा गर्नु ! अत्यन्त दिक्क-दिक्क छन्,
जात छुट्ट्याइयो भन्दै नित्य ताण्डव गर्दछन् ।

‘वसुधैव कुटुम्बकम्’ भन्थे ‘कौसिक’ ले अघि,
विक्षिप्तप्रायः भा’ का छन् ‘कोसी’मा जाकिदे’पछि ।
म तीव्र दुःखमा छु आफैँ, अर्को पाखण्ड देखिँदा,
खोजी नै नगरी ‘राम’, ‘माडी’लाई बुझाउँदा ।”

पटाक्षेप:
भानु रौद्ररूपी लागे प्रश्नका तीर तेर्सिँदा,
उनी रुञ्चे सरी लागे गुनासाहरू पोखिँदा ।
बोल्दै थिए यता भानु, मिर्मिरे भो बिहानको,
म ब्यूझेँ सपनाबाट— भो’ अन्तर्ध्यान भानुको ।

०००
नर्थ क्यारोलाइना, अमेरिका
(जुलाई १३, २०२५ / आषाढ २९, २०८२ ; भानु जयन्ती)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Sharad Parasar Marahatta
Sharad Parasar Marahatta
9 months ago

नोट: तलबाट गन्दै आउदाको छैठौं लाइनमा typo रहेछ; सच्याएर पढ्न निवेदन गर्दछु। हुनुपर्ने यो हो:
“म तीव्र दुःखमा आफैँ छु,अर्को पाखण्ड देखिदा,”

Nepal Telecom ad
झ्यालबाहिरको रौनक

झ्यालबाहिरको रौनक

डा. शरद परासर मरहट्टा
ऊसँगका हाँसो, खुसी र पीडाका पलहरू

ऊसँगका हाँसो, खुसी र...

डा. शरद परासर मरहट्टा
‘निरो’का बाँसुरी सुन्नेहरू

‘निरो’का बाँसुरी सुन्नेहरू

डा. शरद परासर मरहट्टा
लुतो फालिस् तैँले ?

लुतो फालिस् तैँले ?

डा. शरद परासर मरहट्टा
किन बस्छस् अमेरिका ?

किन बस्छस् अमेरिका ?

डा. शरद परासर मरहट्टा
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
1
0
Would love your thoughts, please comment.x
()
x