साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुभक्त

भाषा भासिनु हुन्न साँच्न नसके नेपाल बच्ला र के । भाषा संस्कृति मास्नमा रत हुने छन् घात गर्ने लिखे ।। भाषा आदिम देशको विभव हो फुल्दै गरेको कली । भाषा रक्षक भानु आदिकविमा अर्पन्छु शब्दाञ्जली ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

रोप्दै खेत थियो चुँदी परिधिमा आषाढको दाउमा ।
झुल्के भानु कवीन्द्र हर्ष भरियो रम्घा चुँदी गाउँमा ।।
धर्ती उर्वर पार्दछन् श्रमिकका छन् पौरखी पाखुरा ।
श्रद्धा थ्यो’ ममता अगाध कविको भाषा उठाए धुरा ।।१

भाषा भक्त सशक्त काव्य युगका साहित्यका सारथि ।
दिन्थिन् आसिक सिर्जना मधुरिमा माया गरी भारती ।।
माटोको ऋण तिर्न पर्दछ भनी सेवा गरे अर्पण ।
भाषाको गरिमा समर्पण गरे लेखेर रामायण ।।२

भाषा फूल टिपेर हार उनियो संसारमा फैलियो ।
भाषा मास्न भनेर हुर्मत लिए भाषा कला मैलियो ।।
दुष्टात्मा जतिको जमात छ ठूलो हान्छन् सदा बन्चरा ।
भाषा मर्छ भनेर थर्थर भए नेपालवासी बरा ।।३

छद्मी भेष धरी मिली डलरको खेती गरी मक्ख छन् ।
खम्बा तुल्य बनेर भानु उभिए वैरीहरू छक्क छन् ।।
नेपाली जन भावना अटल होस् नेपाल झन्डा मुनि ।
भाषा मूल बनेर हर्दम बगोस् मेची र काली धनी ।।४

भाषा भासिनु हुन्न साँच्न नसके नेपाल बच्ला र के ।
भाषा संस्कृति मास्नमा रत हुने छन् घात गर्ने लिखे ।।
भाषा आदिम देशको विभव हो फुल्दै गरेको कली ।
भाषा रक्षक भानु आदिकविमा अर्पन्छु शब्दाञ्जली ।।५

०००
पाउँदीबजार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x