साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

नेपाल साँच्न सक्ने माया गरेर हाँक्ने । सद्भाव स्नेह गर्दै नेपाल काख राख्ने ।। राम्रो विकास गर्ने विद्वान् चङ्ख छानौँ । वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

चिन्ता असाध्य लाग्ने आशा सबै हरायो ।
बन्दैन देश लुट्छन् साध्वी सराप लाग्यो ।।
आयो पवित्र बेला छानेर धूर्त फालौँ ।
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।।१

नेपाल राष्ट्र राम्रो गङ्गा हजार बग्छन् ।
घाती जितेर आए बेचेर देश सक्छन् ।।
राम्रा इमानदारी नेता बुझेर मानौँ ।
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।।२

उद्योग खोल्न सक्ने नेता चिनेर छान ।
विश्वास भाव राखे पर्दैन दूर जान ।।
नेपाल वासी प्यारा उत्साह जोस बालौँ ।
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।।३

नेपाल साँच्न सक्ने माया गरेर हाँक्ने ।
सद्भाव स्नेह गर्दै नेपाल काख राख्ने ।।
राम्रो विकास गर्ने विद्वान् चङ्ख छानौँ ।
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।।४

नेपाल जन्म धर्ती अग्लो हिमाल छानो ।
धर्ती विशाल हाम्रो नेपाल छैन सानो ।।
गम्भीर सोच राखी सुयोग्य व्यक्ति तानौँ ।
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।।५

०००
जगदीश्वर पाउँदीबजार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x