साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा सुरेन्द्र रेग्मीकाे ‘आशीर्वाद’ कृति लोकार्पण

पुस्तकबारे चर्चा गर्दै पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले धर्म निरपेक्षता शशर्त लादिएको अस्त्र भएको बताउनु भयाे ।

Nepal Telecom ad

काठमाडौं । सनातन एवं राष्ट्रिय एकताका पक्षधर, लेखक सुरेन्द्र रेग्मी अर्थात् आर सुरेन्द्रको पुस्तक आशीर्वादको लोकार्पण भएको छ ।

राष्ट्र गुरु योगी नरहरिनाथको प्राकट्य दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच यात्रा संस्मरण कृति ‘आशीर्वाद’ लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रममा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, राष्ट्र गुरु योगी नरहरिनाथका अनुयायी नाथगुरु नारायण नाथ, बौद्ध गुरु श्याल्पा तेन्जिङ रिम्पोछे, लेखक डा. शास्त्रदत्त पन्त, पशुपतिनाथका पूर्व मूल गुरु डा. विष्णु दाहाल, साहित्यकार रमेश शुभेच्छुकलगायतले लाेकार्पित कृतिमाथि चर्चा गरेका थिए ।

पुस्तकबारे चर्चा गर्दै पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले धर्म निरपेक्षता शशर्त लादिएको अस्त्र भएको बताउनु भयाे । पुस्तकले सनातन एकतालाई जोड दिएको प्रसंग उल्लेख गर्दै पूर्व प्रधानन्यायाधीश पराजुलीले युवा पुस्ता त्यसतर्फ जागरुक हुनुपर्ने आवश्यकता औंल्याउनु भयाे ।

पुस्तकका लेखक सुरेन्द्रले तीर्थाटन वर्णनको बहानामा सनातन सभ्यताको पुर्नजागरणका लागि ‘आशीर्वाद’ मार्फत् लोक व्यूँझाउने प्रयत्न गरेको बताउनु भयाे । उनले तीर्थाटन र कर्मस्थलको अनुभवको वृतान्त केवल वहाना मात्र भएको र भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन प्रत्याभूतका निमित्त भदौ २३ र २४ मा भएको जेनजी विद्रोहमा प्राणआहुती दिने नवयुवाका तमाम आमाहरुको आशीर्वादले पुस्तक प्रकाशनको आशीर्वाद प्राप्त भएको उल्लेख गर्नु भएकाे थियाे ।

मातृत्व, मातृभूमि र मानवताको सम्मानार्थ लिखित याे पुस्तक भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।

पश्चिम नेपाल पाल्पाको विकट गाउँ चिर्तुङमा जन्मिएका सुरेन्द्र प्रकृतिप्रेममी, देशभक्त तथा राष्ट्रिय एकताका पक्षधर व्यक्तित्व हुनुहुन्छ । उहाँले विश्वका दुई दर्जनभन्दा बढी देशमा प्राकृतिक विपद र युद्धका कारण आहत मानिसहरुलाई राहत तथा मानवीय सहयाता पुर्‍याउने कार्यमा २५ वर्षभन्दा बढी समय खर्चिनु भएकाे छ ।

विश्व कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय सुरक्षा लगायतका विषयमा दख्खल राख्ने सुरेन्द्रको अर्को पुस्तक पनि प्रकाशनको संघारमा छ ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x