साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न

प्रतियोगितामा २८ जना विद्यार्थीहरूले उत्साहपूर्वक आफ्ना सिर्जनाहरू वाचन गरेका थिए।

Nepal Telecom ad

भक्तपुर । मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सञ्चालन एकेडेमीका राजु वाइवाले गर्नुभएको थियो। प्रतियोगितामा २८ जना विद्यार्थीहरूले उत्साहपूर्वक आफ्ना सिर्जनाहरू वाचन गरेका थिए।

कार्यक्रमको अध्यक्षता एकेडेमीका संस्थापक धर्मरत्न खाइतुले गर्नुभएको थियो। विशेष अतिथिका रूपमा डाइरेक्टर सरोज भट्टराई, प्रशासनिक प्रिन्सिपल नानीछोरी खाइतु, प्रिन्सिपल सुजन भट्टराई तथा गजलकार जुमन किरण उपस्थित रहनुभएको थियो।

निर्णायक मण्डलमा मुक्तकसागरकी सम्पादक निशा के.सी., नेपाली विषयकी शिक्षिका उर्मिला सापकोटा र साहित्यकार वसुन्धरा चौहान “सुनिता” रहनुभएको थियो।

कार्यक्रमका क्रममा साहित्यकार वसुन्धरा चौहान “सुनिता” ज्यूले केही थान मुक्तक वाचन गर्नु भएको थियो। प्रशासनिक प्रिन्सिपल नानीछोरी खाइतुज्यूले विद्यार्थीहरूको प्रस्तुति देखेर खुसी व्यक्त गर्दै यस्ता साहित्यिक कार्यक्रमहरू विद्यालयमा अत्यन्त आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी, मुक्तकसागरकी सम्पादक निशा के.सी. ज्यूले निर्णय सुनाउँदै साहित्यले विद्यार्थीहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रमको संयोजन गजलकार जुमन किरण र साहित्यकार वसुन्धरा चौहान सुनिताज्यूले गर्नुभएको थियो।

कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि, आत्मविश्वास तथा सृजनशीलताको विकासमा सकारात्मक योगदान पुर्‍याएको विश्वास लिइएको छ।

०००
• दुर्बिन शर्मा ‘विवेक’काे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x